शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ग्रिन टीको सेवनले कम होला त मुटु रोगको जोखिम ?

बिहीबार, १७ माघ २०८१, १९ : ४४
बिहीबार, १७ माघ २०८१

काठमाडौँ । ग्रिन टी यसको स्वास्थ्य लाभदायक छ भनेर त हामीले बारम्बार सुन्दै आएका छौं । यसमा पाइने एन्टिअक्सिडेन्टले धेरै स्वास्थ्य लाभहरू प्रदान गर्ने मानिन्छ । जसले गर्दा यो स्वास्थ्यप्रति सचेत व्यक्तिहरूमाझ यो धेरैको मनपर्ने पेय पदार्थ पनि हो । 

ग्रिन टी केवल साधारण पेय पदार्थ मात्र नभएर स्वस्थ औषधि पनि भएको स्वास्थ्य विज्ञहरू भन्छन् । यसले मुटु, मस्तिष्क, छालाको स्वास्थ्य राम्रो बनाउनुको साथै तौल घटाउने र क्यान्सर जस्ता रोगहरू रोक्न मद्दत पनि गर्छ । यसलाई आफ्नो दैनिक आहारमा सामेल गरेर तपाईँ आफ्नो समग्र स्वास्थ्यमा सुधार ल्याउन सक्नु हुन्छ ।

ग्रिन टीमा क्याटेचिन भनिने एक प्रकारको पोलिफेनोल हुने अध्ययनहरूले देखाएका छन् । क्याटेचिन एन्टिअक्सिडेन्ट हुन् जसले कोषमा हुने क्षतिलाई रोक्न र गम्भीर अनि दीर्घकालीन रोगहरूबाट बचाउन मद्दत गर्दछ । क्यान्सर प्रतिरोधी प्रभावका कारण धेरैले सुगर र रक्तचाप नियन्त्रण गर्न अनि क्यान्सर जस्ता घातक रोगहरूबाट बच्न यसको सेवन गर्ने गरेका छन् ।  

ग्रिन टी मुटुको लागि साँच्चै फाइदाजनक छ त ?

नियमित रूपमा ग्रिन टी पिउँदा यसले मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ र मुटुसँग सम्बन्धित धेरै गम्भीर रोगहरूबाट पनि बच्न सकिने ग्रिन टीले मुटु रोगको जोखिम कम गर्न सक्छ कि सक्दैन भनेर बुझ्न गरिएको अध्ययनको समीक्षाले देखाएको छ । ग्रिन टीमा पाइने तत्वहरूले रक्तचाप र लिपिड दुवैलाई नियन्त्रण गर्न मद्दत गर्न सक्छ अनि यसले गर्दा मुटु रोगको जोखिम कम हुने अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् ।

कोलेस्ट्रोल र रक्तचाप नियन्त्रणमा रहन्छ

ग्रिन टीको सेवनले कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न र रक्तचाप सन्तुलनमा राख्न मद्दत गर्ने अन्य अध्ययनहरूले पत्ता लगाएको छ । यसले खराब खराब कोलेस्ट्रोल अर्थात् एलडीएल घटाउन र राम्रो कोलेस्ट्रोल बढाउन पनि मद्दत गर्ने अनुसन्धानले देखाएका छन् । यसले पनि मुटु रोगको जोखिम कम हुन्छ । एक अध्ययनका अनुसार ग्रिन टी पिउनाले मुटु रोगको जोखिम ३१% ले कम गर्न सकिन्छ । तर, मुटुको स्वास्थ्यको लागि ग्रिन टीको फाइदाहरू जान्न थप क्लिनिकल परीक्षणहरू आवश्यक रहेको सो अध्ययनमा भनिएको छ ।

स्ट्रोकबाट पनि बचाउँछ त ?

नियमित रूपमा ग्रिन टी पिउनाले पनि स्ट्रोकको जोखिम कम गर्न सकिन्छ भनेर कयौँ अध्ययनले औँल्याएका छन् । अनुसन्धानकर्ताहरूले जापानमा ४० देखि ७९ वर्ष उमेरका ४ हजार ६००० भन्दा बढी सहभागीहरूको डेटा विश्लेषण गरेका थिए । सहभागीमध्ये ६०% महिला थिए । दैनिक रूपमा ग्रिन टी सेवन गर्नेहरूलाई अरूको तुलनामा स्ट्रोक हुने वा यसबाट मृत्यु हुने जोखिम ६२ कम भएको सो अध्ययनको निष्कर्ष थियो । स्ट्रोक वा हृदयघातको इतिहास भएका व्यक्तिहरूले पनि ग्रिन टी पिउँदा फाइदा मिल्ने प्रमाण पनि भेटिएको छ ।

एन्टिअक्सिडेन्ट गुणका काण खास छ ग्रिन टी

ग्रिन टीमा पोलिफेनोल र क्याटेचिन नामक शक्तिशाली एन्टिअक्सिडेन्ट हुन्छ । यसले शरीरमा अक्सिडेटिभ तनाव कम गरेर कोषहरूलाई क्षति हुनबाट बचाउँछ । एक अध्ययनका अनुसार ग्रिन टीमा पाइने एपिगालोकाटेचिन ग्यालेट (ईजीसीजी) नामक यौगिकले क्यान्सर, मुटु रोग र बुढ्यौलीसँग सम्बन्धित गम्भीर समस्याहरूलाई कम गर्न मद्दत गर्छ । यो तौल घटाउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि फाइदाजनक छ, त्यसैले यसको नियमित सेवनले धेरै फाइदाहरू पुर्याउन सक्छ ।

अस्वीकरण : यहाँ दिइएका सल्लाह अनलाइनबाट तयार  पारिएको हो । यसले सामान्य जानकारी मात्रै दिन्छ । यसलाई पालना गर्नु अघि आफ्नो चिकित्सकसँग परामर्श गर्नु होला ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप