मधेस केन्द्रित दलहरूको सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन

काठमाडौँ । मधेस केन्द्रित राजनीतिक दलहरूको सहकार्य र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेका छन् । सिंहदरबारमा बिहीबार बसेको मधेस केन्द्रित ८ राजनीतिक दलको बैठकले सहकार्यको वातावरण निर्माण गर्न र मोर्चालाई बलियो बनाउन कार्यदल गठन गर्ने निर्णय गरेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
कार्यदलमा जसपा नेपालबाट मनिष सुमन, लोसपाबाट लक्ष्मणलाल कर्ण, जनमतबाट डा. शरद सिंह यादव, जसपाबाट मोहम्मद इस्तियाक राई, नागरिक उन्मुक्तिबाट गंगाराम चौधरी, जनता प्रगतिशील पार्टीबाट डा. शिवजि यादव र तमलोपाबाट ब्रजेस सिंह रहेका छन् भने राजेन्द्र महत्तोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति पार्टीबाट एक सदस्य रहने प्रवक्ता सुमनले जानकारी दिए ।
कार्यदलले आगामी दिनमा दस्ताबेज लेख्ने, आगामी बैठकको संयोजन गर्ने उनले बताए । बैठकमा अध्यादेशका बारेमा छलफल चलेको र भूमिसम्बन्धी अध्यादेशप्रति ध्यानाकर्षण भएको प्रवक्ता सुमनले जानकारी दिए ।
प्रवक्ता सुमनले भूमिसम्बन्धी अध्यादेशले मधेसी, जनजाति आदिवासी लगायतका नागरिकलाई उनकै भूमिबाट वञ्चित गरी आप्रवासनका नाममा फेरि अर्को प्रयास भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?
-
कांग्रेस सांसदको प्रस्तावः संविधान संशोधन गरेर शिक्षकलाई संघअन्तर्गत राखौँ
-
सोमबारको संसद् बैठकमा अश्लील नबोलेको प्रेम आलेको दाबी
-
२८ दिनदेखि सडकमै छन् शिक्षक, तस्बिरहरू
-
शिक्षकहरूका जायज माग तत्काल पूरा गर्न माग