बस र ट्रक एक आपसमा ठोक्किँदा सुर्खेतमा १ जनाको मृत्यु, ६ जना घाइते
बिहीबार, १७ माघ २०८१, १७ : २२

सुर्खेत । सुर्खेतमा बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक चालक समेत रहेका दैलेखको गुराँस गाउँपालिका–१ का ३१ वर्षीय हिरा पुन रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक विरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।
दुर्घटनामा घाइते उनको उपचारका क्रममा प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको हो । बिहीबार दिउँसो २ बजेतिर रत्न राजमार्ग अन्तर्गत भेरीगंगा नगरपालिका–३ सत्तरीस्थित ना ४ ख ६२६३ नम्बरको बस र विपरीत दिशाबाट आएको कर्णाली प्रदेश ०२००१ क ००४८ नम्बरको मिनी ट्रक एक आपसमा ठोक्किएका थिए ।
बाँकी ६ जनामध्ये केहीको प्रदेश अस्पताल कालागाउँ र केहीको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको विश्वकर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डद्वारा सहिद स्मृति सामुदायिक विकास केन्द्रको अवलोकन
-
अम्पायरले किन सुनिल नारिनलाई उनको ब्याटले खेल्न दिएनन् ?
-
सुनको मूल्य २७०० रुपैयाँ बढ्यो, भाउ हालसम्मकै उच्च
-
५२ संवैधानिक नियुक्तिविरुद्धको मुद्दा प्रधानन्यायाधीशसहितको पूर्ण इजलासमा
-
मुग्लिङ–पोखरा सडक खण्ड विस्तार धमाधम (तस्बिरहरू)
-
रासन लिन २०० माइल यात्रा गर्नुपर्ने अमेरिकाकै दुर्गम ठाउँमा किन बस्छिन् यी महिला ?