प्रचण्डलाई हामीले अन्याय गर्यौँ : सुदन किराँती

काठमाडौँ । पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी अध्यक्ष प्रचण्डलाई अन्याय गरेको बताएका छन् । बिहीबार संसदीय दलको बैठकपछि रातोपाटीसँग कुरा गर्दै उनले भर्खर सम्पन्न विद्यार्थी संगठन अनेरास्ववियु निर्वाचनमा प्रचण्डको नाम दुरुपयोग गरी अन्याय गरेको बताएका हुन् ।
किराँतीले हामी शब्दको प्रयोग गरी खुमलटारबाट केही नेताहरूले शक्तिको दुरुपयोग गरेकोप्रति लक्षित अभिव्यक्ति दिएका हुन् ।
‘अध्यक्ष प्रचण्डलाई हामीले अन्याय गर्यौँ । इतिहासमै विद्यार्थीको निर्वाचनलाई सौहार्दपूर्वक सम्पन्न गर्न सफल भयौँ । ३२ वर्ष उमेर हद आफैँमा कोशेढुंगा थियो नै’, उनले भने, ‘लोकतान्त्रिक प्रतिस्पर्धामा योग्य उम्मेदवार मैदानमा उत्रिएका बेला । हेडक्वार्टर(प्रचण्ड) को नाम दिएर धमिलो पानीमा माछा मारी खाने प्रवृत्तिले अध्यक्ष प्रचण्डको नाम हदैसम्म दुरुपयोग गरियो । व्यक्ति व्यक्तिसम्म फोन गयो । त्यो सर्वाधिक दुरुपयोग भयो । यसले माओवादी आन्दोलनको राजनीतिक नर्सरीमा प्वाइजन हाल्ने काम गर्यो । यो राम्रो कुरा भएन । यसको भण्डाफोर गर्नैपर्छ।’
विष भर्ने काम क–कसले गर्यो भन्ने विषयमा नाम खुलाउन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारीरिकसरह मानसिक स्वास्थ्यका संरचना निर्माण गर्नू, लान्छना लगाउनेलाई दण्डित गर्नू : सर्वोच्च अदालत (पूर्णपाठ)
-
न्यायिक समितिको सशक्तिकरणमा सहयोग गर्ने मुख्यमन्त्री कँडेलकाे प्रतिबद्धता
-
सरकारले आन्दोलनरत शिक्षकरूलाई वार्तामा बोलायो
-
आइसिसी महिला विश्वकप एसिया छनोटका लागि नेपाली टोलीको घोषणा
-
१० वर्ष अघि भूकम्पमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
-
प्रचण्ड के आधारमा सरकार ढल्ने अभिव्यक्ति बारम्बार दिन्छन् ?