योजना छनोट र कार्यान्वयनमा देखिएको विकृतिलाई अन्त्य गर्छौं : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनमा देखिएको विकृतिलाई अन्त्य गरिने बताएका छन् । बिहीबार कपिलवस्तु नगरपालिका–१ आनन्द नगरमा मदन आश्रित स्मृति भवनको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री आचार्यले योजना छनोट गर्ने, कार्यान्वयनमा देखिएको विकृति अन्त्य गर्न टुक्रे योजना निरुत्साहित गर्ने, पाँच लाखभन्दा माथिका योजना कार्यान्वयनमा प्रतिस्पर्धा गराउने निर्णय गरिएको स्पष्ट पारे । उपभोक्ता समितिको नाममा योजना कार्यान्वयनमा देखिएको विकृतिलाई रोक्न प्रदेश सरकार निर्मम बनेको उनले बताए । उनले सरकारले सबै खाले विकृतिलाई निरुत्साहित गर्ने प्रस्टाउँदै सुशासन कायम गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेर अघि बढिरहेको बताए ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार जनताको भरोसाको केन्द्र बन्न सफल भएको दाबी गर्दे नजिकबाट सम्बोधन गर्न सफल भएको बताए । यस्तै सङ्घीयतालाई बलियो र स्थापित गर्न तिन तहका सरकारको बिचमा समन्वय, सहकार्य र सहअस्तित्व कायम गरी अघि बढ्नु आवश्यक भएको बताए ।
एक करोडको लगानीमा मदन आश्रित स्मृति भवन निर्माण सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्