अर्जुन ट्रफीका लागि काठमाडौंँको टोली घोषणा
काठमाडौँ । कैलालीको धनगढीमा माघ १९ देखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि काठमाडौँको टोली घोषणा गरिएको छ । गो ड्रिमर्सको आयोजनामा यस वर्षदेखि नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका लागि काठमाडौँको क्रिकेट एक्सिलेन्स सेन्टरले १४ सदस्यीय टोलीको घोषणा गरेको हो ।
विभिन्न उमेर समूहका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी समावेश गरेर काठमाडौँको टोली घोषणा गरिएको हो । काठमाडौँको टोलीमा नन्दन यादव, अभिनाष बस्याल, दीपेन्द्र रावत, राजप्रसाद शाह, सचिन लेखक र सूर्य तामाङ रहेका छन् ।
यसैगरी, काठमाडौँको टोलीमा युनिशविक्रम सिंह, विपिन आचार्य, शिवम तिवारी, अर्जुन घर्ती, सोनु अन्सारी, सिद्धार्थ साउद, सन्दीप विष्ट र दिपेश अधिकारीले पनि स्थान पाएका छन् । काठमाडौँले माघ २१ गते सीवाईसी अत्तरियासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । काठमाडौँले माघ २३ गते न्यू होराइजन बुटबलसँग र माघ २४ गते दशरथ चन्द एकेडेमी बैतडीसँग प्रतिस्पर्धा गर्नेछ ।
सुदूरपश्चिम प्रदेशको क्रिकेटमा महत्वपूर्ण योगदान पु¥याएका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा अर्जुन ट्रफी आयोजना गरिएको हो । प्रतियोगिताको कुल पुरस्कार राशी २० लाख रुपैयाँ रहेको छ । टी–२० ढाँचाको प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । सर्वोत्कृष्ट ब्याट्सम्यान, सर्वोत्कृष्ट बलर र उदीयमान खेलाडीले भने जनही ५०÷५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याचलाई पनि १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा देशभरका आठवटा क्लबको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रणनीतिक महत्वको बेनी-दरवाङ सडक अन्तर्गत ‘रणवाङ-दरवाङ’ खण्डमा कालोपत्र सुरू
-
ट्रम्पले भने-वाशिंटन डीसी हवाई दुर्घटनाको कारण अझै अज्ञात
-
१२ बजे, १२ समाचार : विपक्षी दलले सामाजिक सञ्जाल नियमन अध्यादेश अस्वीकार गर्नेदेखि आशिका तामाङलाई तत्काल छोड्न पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठको मागसम्म
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ
-
टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा
-
आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग