प्रधानमन्त्रीसँगको भेटपछि निर्माण व्यवसायीको आन्दोलन स्थगित

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले शुक्रबारदेखि सुरु गर्ने भनेको आन्दोलन तत्कालका लागि स्थगित गरेको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र महासंघका प्रतिनिधिमण्डलबिच भएको भेटपछि आन्दोलन स्थगित गरिएको हो ।
प्रधानमन्त्रीसँग छलफलका क्रममा महासंघका मागहरू सम्बोधन गर्नका लागि प्रधानमन्त्रीबाट एक कार्यदल गठन गर्न निर्देशन भई सकारात्मक रूपमा उक्त छलफल टुङ्गिएकाले तत्कालका लागि महासंघबाट घोषित आन्दोलनका पूर्व घोषित सबै कार्यक्रमहरू स्थगित गरिएको महासचिव रोशन दाहालले जानकारी दिए ।
गत पुस २७ गते राष्ट्रिय भेला आयोजना गरी महासंघले १४ बुँदे मागसहित आन्दोलनको घोषणा गरेको थियो । आन्दोलनको पूर्व निर्धारित कार्यक्रमअनुसार माघ १५ को अल्टिमेटमसहित प्रदेश निर्माण व्यवसायी महासंघहरूले सम्बन्धित प्रदेशका मुख्यमन्त्री तथा जिल्ला निर्माण व्यवसायी संघहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू समक्ष ज्ञापनपत्र पेस पनि गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ