सिंहदरबारमा मधेसी दलको बैठक (तस्बिरहरू)

काठमाडौँ । मधेसवादी दलका बिचमा सहकार्य र मोर्चा बन्दीका लागि कार्यदलको बैठक जारी रहेको छ । सिंहदरबारमा बसेको बैठकमा मधेस केन्द्रित आठ वटा दलको सहभागिता रहेको छ । बैठक उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले बोलाएको हो ।
जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । सोही वार्ता समितिले अन्य दलका वार्ता समितिहरूसँग छलफलका लागि बैठक बोलाएको हो ।
बैठकमा जसपा नेपाल, जसपा, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, तमलोपा, राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता प्रगतिशील पार्टी सहभागी छन् । नागरिक उन्मुक्ति पार्टीबाहेक सबै दलले छुट्टाछुट्टै वार्ता समिति गठन गरेका छन् ।
गत सोमवार पनि वार्ता समितिहरूको बैठक बसेको थियो । त्यो दिनको बैठकले मोर्चा बन्दी वा सहकार्यका लागि साझा दस्ताबेज बनाउने सहमति भएको थियो । हरेक दलबाट एक–एक जना राखेर दस्ताबेज बनाउने कार्यदल गठन गर्ने सहमति गरेको थियो । ती विषयहरूमा पनि आजको बैठकमा छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीले खोस्यो प्रदेश सह–इन्चार्जहरूको जिम्मेवारी
-
मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगितामा कोशीको विजयी सुरुवात
-
भारतबाट हराएका सूर्यचन १२ दिनदेखि सम्पर्कविहीन
-
वनबाट पतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार दिइने
-
दुर्गेशले गाएको यस्तो छ ‘कर्मा’ को टाइटल गीत
-
पूर्वउपराष्ट्रपति पासाङलाई माओवादीले बनायो उपाध्यक्ष