शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकाकी संसदमा जन्मजात नागरिकतामाथि रोक लगाउने विधेयक पेस

बिहीबार, १७ माघ २०८१, १४ : ०९
बिहीबार, १७ माघ २०८१

वासिङ्टन डिसी । अमेरिकी सिनेटमा एउटा विधेयक पेस गरिएको छ । यस विधेयकमा अमेरिकामा जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्न माग गरिएको छ । 

यो विधेयक सत्तारुढ रिपब्लिकन पार्टीका तीन सांसदले पेस गरेका हुन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै जन्मसिद्ध नागरिकताको अधिकारमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गरेका थिए । तर एक अमेरिकी अदालतले राष्ट्रपतिको यो आदेश कार्यान्वयनमा रोक लगाएको थियो । अब यस सम्बन्धमा विधेयक ल्याएर जन्मसिद्ध नागरिकताको अधिकार खारेज गर्ने तयारी भइरहेको छ ।

  यो विधेयक रिपब्लिकन पार्टीका सिनेटर लिन्डसे ग्राहम, टेड क्रुज र केटी ब्रिटले पेस गरेका हुन् । विधेयकमा जन्मसिद्ध नागरिकता कानुनको दुरुपयोग भइरहेको उल्लेख छ । अमेरिकासहित जन्मसिद्ध नागरिकता दिने विश्वमा केवल ३३ देशहरू छन् । २०२३ मा नै २ लाख २५ हजारदेखि २ लाख ५० हजार बालबालिकाले जन्मसिद्ध नागरिकता पाएको सेन्टर फर इमिग्रेसन स्टडिजलाई उदृत गर्दै विधेयकमा भनिएको छ । यो अमेरिकामा जन्मेका कुल बालबालिकाको सात प्रतिशत भएको भनिएको छ ।

जन्मसिद्ध नागरिकता सम्बन्धी नीतिको दुरुपयोग भइरहेको भन्दै अमेरिकामा यो नीति परिवर्तन गर्न धेरै ढिलो भइसकेको ग्राहमले भनेकी छिन् । यसको एउटा उदाहरणमा उनले बर्थ टुरिजम अर्थात् बच्चा जन्माउनकै लागि अमेरिका आउने चलनको उल्लेख गरेकी छिन् । 

आफ्नो बच्चाले अमेरिकी नागरिकता पाओस् भनेर चीन र अन्य देशका धनी व्यक्तिहरू बच्चा जन्माउनको लागि मात्रै अमेरिका आउने गरेको उनले बताइन् । अमेरिकी नागरिकता दिएर अवैध आप्रवासनलाई अमेरिकाले पुरस्कृत गर्नु नहुने र यो धेरै लामो समयदेखि भइरहेको पनि विधेयकमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप