सिंहदरबारमा माओवादी संसदीय दलको बैठक
बिहीबार, १७ माघ २०८१, १३ : ४४

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छ । शुक्रवार बस्ने संसद्को हिउँदे अधिवेशनमा पार्टीको उपस्थिति बलियो बनाउने विषयमा तयारी गर्न दलको बैठक बोलाएको हो ।
केपी ओली नेतृत्वको गठबन्धन सरकार असफल भएको निष्कर्ष निकाल्दै सदन र सडकबाट सशक्त दबाब दिने तयारीमा माओवादी देखिएको छ । दलको बैठक अघि माओवादीले बिहान सिंहदरबारमा विपक्षी दलहरूको बैठक बोलाएको थियो ।
संसदमा साझा रूपमा सरकारको नराम्रो कामको विरोध गर्ने नीति विपक्षी दलहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूलाई लचिलो बन्न शिक्षा मन्त्रीको आग्रह
-
शुक्लागण्डकीमा फोहोर व्यवस्थापन गर्न त्रिपक्षीय सम्झौता
-
‘प्रधानमन्त्री र मन्त्रीहरूले कति सम्पत्ति पुर्याएपछि सार्वजनिक गर्नुहुने हो ?’
-
रातारात विकासको लहर चल्छ भन्ने सोच्नुभएको थियो, त्यो अनुसार गर्न सकिएन : प्रचण्ड
-
प्रतिगामी हर्कतका छिटपुट बाछिटा जहाँ देखापरे त्यहीँ अन्त्य गरिनुपर्छ : एमाले
-
अर्बौँको सार्वजनिक सम्पत्तिमा डाबर नेपालको रजाइँ