शुक्रबार, १८ माघ २०८१
ताजा लोकप्रिय

राष्ट्रिय डेरी एक्स्पो हुँदै, ५० हजारले अवलोकन गर्ने विश्वास

बिहीबार, १७ माघ २०८१, १३ : ०७
बिहीबार, १७ माघ २०८१

काठमाडौँ । नेपालमा नै पहिलो पटक प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ हुने भएको छ ।  चितवनको भरतपुरमा एक्स्पो हुन लागेको हो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र चितवन उद्योग संघले बिहीबार चितवनमा पत्रकार सम्मेलन गर्दै आत्मनिर्भर रहेको डेरीजन्य उद्यमशिलताको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले डेरी एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिएको हो । 

एक्स्पोले दुग्ध क्षेत्रको वृहत् विकासकालागि साझा मञ्च प्रदान गर्ने र नयाँ प्रविधि र नवप्रवर्तन र बजार विस्तार र ब्रान्ड प्रवर्द्धनमा मद्दत पुग्ने चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।  एक्सपोले डेरी उत्पादन प्रक्रिया र वितरण प्रणालीका नवीनतम प्रविधि तथा अभ्यासहरू लाई प्रोत्साहित गर्ने उनको भनाइ छ । 

किसान उद्योगी र व्यापारीलाई एकै थलोमा ल्याएर व्यवसायीक सञ्जालको अवसर सिर्जना गर्नु उपभोक्ताहरूलाई डेरी उत्पादनको महत्त्व फाइदा तथा गुणस्तर सम्बन्धी जानकारी प्रदान गर्ने एक्स्पोको उद्देश्य रहेको उनले बताए ।

पत्रकार सम्मेलनमा चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरेले नेपालको डेरी उद्योगलाई अन्तर्राष्ट्रिय बजारीकरण गर्नुका साथै नवप्रविधि बारे जानकारी दिन पहिलो पटक राष्ट्रिय डेरी एक्स्पोको आयोजना गरीएको बताए । 

प्रथम राष्ट्रिय डेरी एक्स्पो चितवन उद्योग संघको आयोजना र चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिको सह आयोजनामा हुन लागेको हो । यही माघको २५ गते देखि २७ गते सम्म आयोजना हुने एक्सोमा नेपाल भारतका करिब ५० वटा डेरीका परिकार देखि नयाँ प्रविधि र उद्योगका स्टलहरू रहने छन् । एक्स्पो करिब ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । चितवनमा हाल ३ लाख ५० हजार दुध उत्पादन हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप