दक्षिणी सुडानमा भएको विमान दुर्घटनामा एक जना जीवितै

जुवा । दक्षिण सुडानको दुर्गम क्षेत्रमा बुधबार भएको विमान दुर्घटनामा एक जना बाँच्न सफल भएका छन् । विमानमा सवार २१ जना मध्ये एक जना बाँचेका हुन् ।
यो विमान चिनियाँ तेल कम्पनी ग्रेटर पायोनियर अपरेटिङ कम्पनीसँग सम्बन्धित थियो । दक्षिण सुडानको युनिटी राज्यको तेल क्षेत्र नजिकै उडान भर्ने क्रममा बिहान १०ः३० बजे विमान दुर्घटनाग्रस्त भएको थियो । विमान दक्षिण सुडानको राजधानी जुवा जाँदै थियो । सूचनामन्त्री गटवेच बिपालले विमानमा २१ जना सवार रहेको बताए । यसमा दुई पाइलट पनि थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार विमानमा सवार अधिकांश मानिसहरू तेल कम्पनीका कर्मचारी थिए । संयुक्त राष्ट्रसंघ सम्बद्ध रेडियो मिरायाले विमान कम्पनीको विज्ञप्तिलाई उद्धृत गर्दै मृतकमध्ये अधिकांश दक्षिण सुडानका नागरिक भएको उल्लेख गरेको छ । मारिनेहरूमा एक भारतीय र दुई चिनियाँ नागरिक पनि भएको बताइएको छ ।
अधिकारीहरूले मृतकहरूको पहिचान पुष्टि गरेका छैनन् । दक्षिण सुडानको एसएसबीसी न्यूजका चोल अटकले एक्समा आफ्नो पोस्टमा विमान दुर्घटनामा बाँचेका व्यक्तिको नाम इमानुएल मेकर रहेको बताएका छन् ।
उनी ग्रेटर पायोनियर कम्पनीका इन्जिनियर हुन् । घाइते अवस्थामा उनलाई हेलिकप्टरबाट जुवा लगिएको थियो, जहाँ उनको अवस्था स्थिर रहेको भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
-
समाजवादी ट्रेड युनियन महासंघको महाधिवेशन हुँदै
-
दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी
-
माल्टामा क्यासियर काम गर्दै आएका सरुनलाई अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा उत्कृष्ट सफलता
-
शुभयात्रा कलेक्सनको आउटलेट विस्तार