सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महाकुम्भकी ‘भाइरल गर्ल’ मोनालिसाले पाइन् बलिउड फिल्ममा काम

बिहीबार, १७ माघ २०८१, १२ : ३७
बिहीबार, १७ माघ २०८१

 नयाँ दिल्ली । प्रयागराज महाकुम्भ मेलाका क्रममा भाइरल हुन पुगेकी मोनालिसाले बलिउड फिल्ममा काम गर्ने अवसर पाउने भएकी छन् । मोनालिसा आँखाका कारण चर्चित बनेकी थिइन् ।

 माला बेचेर जीवन गुजारा गर्ने मोनालिसाले ‘डायरी अफ मणिपुर’ फिल्मका लागि साइन गरेकी छिन् । मणिपुरमा भएको भयानक घटनामा बन्न लागेको यो फिल्ममा मोनालिसा महत्त्वपूर्ण भूमिकामा देखिनेछिन् । जुन फिल्मको निर्देशक सनोज मिश्रा छन् । 

निर्देशक मिश्राले मध्य प्रदेशको खरगोन जिल्ला स्थित महेश्वरमा मोनालिसाको घर गएर उनलाई आफ्ना आगामी फिल्मका लागि काष्ट गरेको बताइएको छ । यी दुबैको फोटो पनि बाहिरिएको छ । 

मोलानिसाले यो फिल्ममा काम गर्न मानेको बताइएको छ । सामाजिक सञ्जालमा एउटा मिश्राको एउटा भिडियो आएको छ । आफूले मोनालिसाको परिवारलाई भेटेको उनले बताएका छन् ।

फिल्ममा आफूले मोनालिसालाई राम्रोसँग प्रस्तुत गर्ने पनि उनले बताए । अहिलेसम्म मोनालिसाको भूमिकाबारे जानकारी दिइएको छैन । तर उनले सेनाका अधिकारीको छोरीको भूमिका निर्वाह गर्न सक्ने बताइएको छ । 

फिल्म अक्टोबरमा रिलिज हुन सक्नेछ  मोनालिसाले मार्च या अप्रिलदेखि फिल्मको सुटिङ सुरु गर्ने भनिएको छ ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप