बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय

टेस्ट क्रिकेटमा उस्मान ख्वाजाको पहिलो दोहोरो शतक

बिहीबार, १७ माघ २०८१, १२ : १५
बिहीबार, १७ माघ २०८१

काठमाडौँ । घरेलु टोली श्रीलंकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियन ब्याट्सम्यान उस्मान ख्वाजाले दोहोरो शतक प्रहार गरेका छन् । गालेमा जारी पहिलो टेस्टको दोस्रो दिन बिहीबार ख्वाजाले दोहोरो शतक पुरा गरेका हुन् ।

३८ वर्षीय बायाँहाते ओपनर ब्याट्सम्यान ख्वाजाले दुई सय ९० बलको सामना गरी एक छक्का र १६ वटा चौकाको मद्दतले दोहोरो शतक पुरा गरे । ख्वाजाले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो दोहोरो शतक हो । यसअघि टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित एक सय ९५ रन रहेको थियो । 

पहिलो टेस्टमा भ्रमणकारी टोली अस्ट्रेलिया केवल तीन विकेटको नोक्सानीमा चार सय ६२ रन बनाउँदै क्रिजमा छ । ख्वाजालाई पाँचौँ नम्बरका ब्याट्सम्यान जोन इङ्लिसले अविजित ३५ रन बनाउँदै गतिलो साथ दिइरहेका छन् । त्यसअघि, अस्ट्रेलियाका लागि स्टिभन स्मिथले पनि उत्कृष्ट शतकीय पाली खेलेका थिए ।

चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान स्मिथ बिहीबार एक सय ४१ रन बनाउँदै पेभेलियन फर्किए । उनले दुई सय ५१ बलको सामना गरी दुई छक्का र १२ चौका हिर्काए ।  ३५ वर्षीय स्मिथले टेस्ट क्रिकेटमा बनाएको यो ३५औँ शतक हो ।

ट्राभिस हेडले पनि टोलीका लागि अर्धशतकीय योगदान गरेका थिए । उनले टोलीको खातामा ५७ रन थपे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ४० बलको सामना गरी एक छक्का र १० चौका पनि हिर्काएका थिए ।

३१ वर्षीय ट्राभिस हेडले टेस्ट क्रिकेटमा बनाएको यो १८औँ अर्धशतक हो । मार्नस लाबुशेन भने २० रन बनाउँदै पेभेलियन फर्किएका थिए । एक सय ३५ रनको कुल स्कोरमा अस्ट्रेलियाले दोस्रो विकेट गुमाएको थियो । 

त्यसपछि ख्वाजा र स्मिथले टोलीको स्कोरलाई चार सय एक रनसम्म डो¥याएका थिए । घरेलु टोली श्रीलंकाका बलरहरु निरीह देखिए । जेफरी भान्डर्सीले दुई विकेट लिए । प्रभाथ जयसूर्याले पनि एक विकेट हात पारे । 

पहिलो टेस्टमा अस्ट्रेलियाले टस जिती ब्याटिङको निर्णय लिएको हो । श्रीलंका भ्रमणका क्रममा अस्ट्रेलियाले दुई टेस्टको शृंखला खेल्ने कार्यक्रम छ । यो शृंखला आईसीसी वल्र्ड टेस्ट च्याम्पियनसिप अन्तर्गत खेल्न लागिएको हो । 

तर, यो शृंखलाले वल्र्ड टेस्ट च्याम्पियनसिपको समिकरणमा भने कुनै असर पार्ने छैन । दक्षिण अफ्रिका र अस्ट्रेलिया यसअघि नै वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप