बन्धक रहेका थाई नागरिकलाई आफै रिहा गर्दै हमास

गाजा । हमासले गाजाबाट बिहीबार ३ इजरायली नागरिक र ५ थाई नागरिकलाई रिहा गर्ने अपेक्षा गरिएको इजरायलले जानकारी दिएको छ ।
रिहा हुने इजरायलीमा दुई महिला– सर्वसाधारण २९ वर्षीया अर्बेल यहुद र सैन्य परीवेक्षक २० वर्षीया अगम बर्जरसहित ८० वर्षीय गादी मोसेस रहेका छन् । गाजामा युद्धविराम लागु भएयता बन्दीहरू रिहा गरिएको तेस्रो अवसर हुनेछ ।
इजरायली नागरिकहरूको रिहाइको बदलामा इजरायलको जेलमा रहेका ११० प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ । उनीहरूको नाम खुलाइएको छैन ।
रिहा गरिने भनिएको थाई बन्धकहरूको नामहरू पनि सार्वजनिक गरिएको छैन । यो युद्धविराम सम्झौताको अन्तर्गत नरहेको र उनीहरूलाई हमासले एकपक्षीय रूपमा नै रिहा गर्न लागेको बताइएको छ ।
बीबीसीमा उल्लेखित समाचार अनुसार उनीहरू इजरायलको कृषि क्षेत्रमा काम गर्ने कामदार रहेका थिए । थाइल्याण्डको सरकारले गाजामा आफ्ना ६ जना नागरिक बन्धक रहेको बताएको छ । दुई अन्य बन्धक भने मारिएको विश्वास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ
-
१० बजे १० समाचार : सरकारबारे गठबन्धनभित्र आशंका, के भन्छन् प्रधानमन्त्री ओली ?