आवासीय चिकित्सकको निर्वाह भत्ता २५ हजार तोकिएकोमा अभियानको आपत्ति
![आवासीय चिकित्सकको निर्वाह भत्ता २५ हजार तोकिएकोमा अभियानको आपत्ति](https://npcdn.ratopati.com/media/news/doctor-image_vtKLHqS2vb.jpg)
काठमाडौँ । चिकित्सा शिक्षा सङ्घर्ष अभियानले आवासीय चिकित्सकहरूको निर्वाह भत्ता २५ हजार रुपैयाँ तोकिएकोमा आपत्ति जनाएको छ । स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूको निर्वाह भत्ता मासिक न्यूनतम २५ हजार रुपैयाँ तोकिएको छ ।
संयोजक मनिष भट्टराईसहितका पदाधिकारीले जारी गरेको विज्ञप्तिमा आवासीय चिकित्सकहरूको न्यूनतम निर्वाह भत्ता २५ हजार तोकिनु निकै दु:खद भएको जनाए । स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले गरेको उक्त निर्णय फिर्ता लिन समेत माग गरेको छ ।
अवैज्ञानिक र नियोजित रूपमा मन्त्रीस्तरीयबाट भएको निर्णय फिर्ता लिनुपर्ने माग गरेको हो । आवासीय चिकित्सकहरूका माग सम्बोधन नगरिएको खण्डमा सम्पूर्ण मेडिकल तथा पारामेडिकल फेकल्टीका साथै पीजी/इन्टर्न विद्यार्थीहरूका साथमा जुनसुकै समयमा पनि आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने समेत चेतावनी दिएको छ ।
माघ १४ गते शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले तीन बुँदे निर्णय गर्दै आवासीय चिकित्सकहरूको निर्वाह भत्ता तोकेका थिए । त्यसको विरोधमा आवासीय चिकित्साहरू आन्दोलनमा छन् । आन्दोलनरत चिकित्सकहरूलाई सरोकारवाला क्षेत्रबाट ऐक्यबद्धता समेत आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी