प्याब्सन लुम्बिनी प्रदेशको अध्यक्षमा पाण्डे निर्वाचित

बुटवल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा लालहरि पाण्डे निर्वाचित भएका छन् । संस्थाको चौथो अधिवेशन अन्तर्गत बुटवलमा भएको मतदानमा प्रतिस्पर्धी लेखनाथ पौडेललाई ८० मत अन्तरले पराजित गर्दै पाण्डे दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
निर्वाचन समितिका संयोजक गोविन्दप्रसाद मरासिनीका अनुसार पाण्डेले २१७ मत पाएर विजयी हुँदा पौडेलले १३७ मत पाएका यस्तै वरिष्ठ उपाध्यक्षमा धनराज चापागाईँ २११ मत पाएर निर्वाचित भए । उनका प्रतिस्पर्धी केशव सापकोटाले १४४ मत पाए ।
सचिवमा कृष्णप्रसाद शर्मा १८७ मत पाएर विजयी हुँदा प्रतिस्पर्धी यम रावतले १७१ मत पाए । दुई उपाध्यक्ष पदमा अमरराज सुवेदी र महेशमान बज्राचार्य तथा कोषाध्यक्षमा महेश भुर्तेल र सहसचिवमा राजेन्द्रकुमार आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै कार्यसमिति सदस्यमा हरि ज्ञवाली, उपेन्द्र गुप्ता, पूर्णबहादुर थापा, राजु यादव र रोशन श्रेष्ठ निर्वाचित भएका छन् । प्याब्सन लुम्बिनीमा करिब ५ सय विद्यालय आबद्ध छन् । अध्यक्ष पाण्डेय दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समृद्धिको लागि एकताबद्ध हुन पूर्वराष्ट्रपति भण्डारीको आग्रह
-
जङ्गली हात्तीको समूहले भत्काइदियो विपन्न परिवारको कच्ची घर
-
'फागुन–७' रैतीबाट जनताको दर्जामा पुर्याएको दिन : प्रधानमन्त्री
-
हुलाकी मार्ग केन्द्रित २० जिल्लामा माओवादीको अभियान, कहाँ–कहाँ हुँदैछ ?
-
पार्टी एकताको प्रयासमा समाजवादी मोर्चा सम्बद्ध दल
-
कर्णाली सरकारले यसरी मनायो प्रजातन्त्र दिवस (तस्बिरहरू)