शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय
अर्थ

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

बिहीबार, १७ माघ २०८१, १० : ४१
बिहीबार, १७ माघ २०८१

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । चाँदीको भने बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूचीमा उल्लेख छ । 

महासंघका अनुसार बुधबार तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार १०० रुपैयाँ घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप