१ किलो २५ ग्राम चरेससहित युवती पक्राउ
बिहीबार, १७ माघ २०८१, १० : २८
_MKPjjE2WRV.jpg)
काठमाडौँ । प्रहरीले कपिलवस्तुबाट चरेससहित एकजना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश बस्ने ३० वर्षीय सरस्वती बिक छिन् ।
कृष्णनगर नगरपालिका वडा नम्बर–३ बाट पैदल हिँड्दै भारत तर्फ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले रातोपाटीलाई बताए । आरोपीको साथबाट प्रहरीले १ किलो २५ ग्राम लागुऔषध चरेस बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले उनिबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ वर्षमा जम्मा ३० किसिमका बिरुवाको बीमालेख
-
सिरुवा पर्वले सत्मार्गमा अघि बढ्न प्रेरणा दिन्छ : मुख्यमन्त्री कार्की
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
भक्तपुरको गुण्डुमा पाँचतारे होटल निर्माण गर्दै स्वनिगः रिसोर्ट प्रालि, भूमि पूजा सम्पन्न
-
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय
-
तराई मधेसमा ‘जुडशीतल’ पर्व मनाइँदै