नोबेल शान्ति पुरस्कारका लागि एलन मस्कको नाम मनोनीत
![नोबेल शान्ति पुरस्कारका लागि एलन मस्कको नाम मनोनीत](https://npcdn.ratopati.com/media/news/elon-musk_bTa2BcbxCt.webp)
ब्रसेल्स । विश्व प्रसिद्ध नोबेल शान्ति पुरस्कारका लागि अमेरिकी खर्बपति व्यापारी एलन मस्कको नाम अगाडि सारिएको छ । युरोपेली संसदमा स्लोभेनियाली सदस्य (एमईपी) ब्रान्को ग्रिम्सले टेस्ला, स्पेसएक्स र एक्सलगायत कम्पनीका मालिक मस्कलाई २०२५ को नोबेल शान्ति पुरस्कारको लागि आधिकारिक रूपमा मनोनीत गरेका हुन् । ग्रिम्सका अनुसार यो मनोनयन अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा मस्कको निरन्तर प्रयास र विश्वव्यापी शान्तिमा उनको योगदानलाई मान्यता दिन गरिएको हो ।
मस्कले अभिव्यक्ति स्वतन्त्रता र शान्तिको मौलिक मानव अधिकारलाई निरन्तर समर्थन गर्दै आएकोले मस्क्लाई २०२५ को नोबेल पुरस्कारले सम्मानित गर्नु पर्छ भनेर ब्रैंको ग्रिमसले भनेका छन् । ‘यस चुनौतीपूर्ण परियोजनामा सहयोग गर्नुहुने सबै सह–प्रस्तावक र सहकर्मीहरूलाई हार्दिक धन्यवाद ।’ मनोनयनमा आफूलाई सहयोग गर्ने सबैप्रति उनले कृतज्ञता व्यक्त गरेका छन् ।
नोबेल शान्ति पुरस्कारका लागि मस्कको नाम मनोनयनको खबरपछि उनका समर्थकहरूमाझ ठुलो उत्साह देखिएको छ । डोगेकोइन क्रिप्टोकरेन्सीसँग सम्बन्धित एक डिजाइनरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने प्रयासको सम्मानमा मस्कलाई २०२५ को नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको छ ।’
के छ प्रक्रिया ?
नोबेल शान्ति पुरस्कारको छनोट प्रक्रिया एकदमै कठोर र विस्तृत छ । नाम दर्ता गर्ने अन्तिम मिति जनवरी ३१ हो, र यो सामान्यतया अक्टोबरको मध्यमा सुरु हुन्छ । समयसीमा पछि, फेब्रुअरीको मध्यमा मूल्याङ्कनको लागि नोबेल समितिमा मनोनयनहरू पेश गरिन्छ । त्यसपछि समितिले सबै मान्य मनोनयनहरूको समीक्षा गर्छ र थप छानबिनको लागि उम्मेदवारहरूको छोटो सूची तयार गर्छ । यस चरणमा, स्थायी सल्लाहकारहरू र अन्तर्राष्ट्रिय विज्ञहरूबाट प्राप्त विज्ञ प्रतिवेदनहरूलाई विचार गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी