त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला : नेपाल आज पहिलो पटक नेदरल्यान्ड्ससँग भिड्दै
काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाली महिला टोलीले बिहीबार घरेलु मैदानमा नेदरल्यान्ड्सको सामना गर्दै छ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
त्रिकोणात्मक शृङ्खलामा तेस्रो टोलीका रूपमा थाइल्यान्डको सहभागिता रहेको छ । नेपाली महिला टोलीले इतिहासमै पहिलो पटक नेदरल्यान्ड्ससँग खेल्न लागेको हो । नेपाली महिला टोलीले कीर्तिपुर मैदानमा भने दोस्रो पटक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न लागेको हो ।
यसअघि, नेपाली महिला टोलीले कीर्तिपुर मैदानमा सन् २०२२ मा युगान्डासँग टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो महिला टी–२० वरीयतामा नेपाल २०औँ स्थानमा आसीन छ ।
उक्त वरीयतामा नेदरल्यान्ड्स १६औँ र थाइल्यान्ड १३औँ स्थानमा छन् । नेपाली महिला टोलीले निकै कम अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाउने गरेको छ । त्यसैले नेपाली महिला क्रिकेट टोलीको स्तर वृद्धिका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण छ ।
शृङ्खलाका लागि घोषित नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, पुजा महतो, बिन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिसा कुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी बिष्ट रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जाल सञ्चालन र नियमनसम्बन्धी विधेयकका प्रावधानहरूमाथि रास्वपाको गम्भीर ध्यानाकर्षण
-
मेयर आले बुद्धिचाल च्याम्पियन
-
१० बजे १० समाचार : रविबारे प्रस्तावको विपक्षी दलमा अब्जेक्सन, विपिनबारे अफवाह भाइरल
-
राष्ट्रिय र्याफ्टिङ च्याम्पियनशीपको उपाधि बागमती प्रदेशलाई
-
जनताको अवस्थामा अझै परिवर्तन आएको छैन : अध्यक्ष दाहाल
-
नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक