अमेरिकामा हटाइयो ६ लाखभन्दा बढी भेनेजुएलीको अस्थायी संरिक्षत स्थिति, अब के होला ?
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडेनको अर्को एउटा निर्णय उल्टाएका छन् । उनले ६ लाखभन्दा बढी भेनेजुएलीहरूलाई दिँदै आएको निर्वासन सुरक्षा खोसेका छन् । प्रशासनको यो निर्णयको बारेमा गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले बुधबार जानकारी गराएकी थिइन् ।
बाइडेन प्रशासनको अन्तिम दिनहरूमा आफ्ना पूर्ववति अलेजान्ड्रो मेयोर्कासले लिएको निर्णयलाई आफूले उल्टाएको क्रिस्टी एक च्यानलमा बोल्ने क्रममा नोएमले बताइन् । यस निर्णयले अस्थायी संरक्षित स्थिति (टीपीएस)लाई १८ महिना बढाइएको थियो । ‘हामीले यसलाई रोकेका छौँ,’ नोएमले भनिन् । निर्णय तुरुन्तै लागू गरिएको छ ।
ट्रम्प प्रशासनको यो निर्णयले भेनेजुएली जनताको सुरक्षा अक्टोबर २०२६ सम्म बढाउने बाइडेन प्रशासनको निर्णयलाई उल्टाएको गृह सुरक्षा मन्त्रालय (डीएचएस) सूचनामा भनिएको छ । अब डीएचएस को म्याद अप्रिल २०२५ को मूल मितिमा फर्किने पनि सूचनामा बताइएको छ ।
डीएचएसमा भेनेजुएलाको मात्रै छ नाम
बाइडेन प्रशासनले यसअघि अमेरिकामा बसोबास गरिरहेका २ लाख ३० हजारभन्दा बढी एल साल्भाडोरियन, १ लाख ३ हजार युक्रेनी र १ हजार ९०० सुडानीहरूलाई सुरक्षा प्रदान गरेको थियो । तर, डीएचएस सचिज नोएमले यी देशका मानिसहरूलाई के हुनेछ भन्नेबारेमा विस्तृत रूपमा बताएकी छैनन् । सूचनामा भेनेजुएलाका मानिसहरूलाई मात्र उल्लेख गरिएको छ ।
भेनेजुएलीहरूले अब अमेरिकामा देश निकालाको सामना गर्नुपर्ने हुन सक्नेछ । अमेरिकाको भेनेजुएलासँग कूटनीतिक सम्बन्ध छैन, जसले गर्दा देश निर्वासनको विकल्प सीमित छन् । ट्रम्पले यी देशहरूलाई आफ्ना नागरिक फिर्ता लिन बाध्य पार्न आफूसँग भएको हरेक अधिकार र शक्ति स्पष्ट रूपमा प्रयोग गर्ने नोएमले बताएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविबारे प्रस्तावको विपक्षी दलमा अब्जेक्सन, विपिनबारे अफवाह भाइरल
-
राष्ट्रिय र्याफ्टिङ च्याम्पियनशीपको उपाधि बागमती प्रदेशलाई
-
जनताको अवस्थामा अझै परिवर्तन आएको छैन : अध्यक्ष दाहाल
-
नासाका दुई अन्तरिक्षयात्रीले गरे पहिलो पटक एकसाथ स्पेस वाक
-
नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा
-
काठमाडौँमा छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल सुरु