कुम्भ मेलामा मारिनेको आश्रितलाई २५ लाख दिँदै भारत
बिहीबार, १७ माघ २०८१, ०८ : ०२

नयाँ दिल्ली । प्रयागराजमा कुम्भमेलामा भएको भागदौडमा मर्नेमाथि आश्रित व्यक्तिलाई उत्तर प्रदेश सरकारले २५ लाख भारु सहायता दिने घोषणा गरेको छ । यूपीका मुख्य मन्त्री योगी आदित्यनाथले यो घोषणा गरेका हुन् ।
पत्रकारहरूसमक्ष उनले भागदौडलाई दूभाग्यपूर्ण घटना भनेका छन् । यसमा अहिलेसम्म ९० जना घाइते भएको बताइएको छ । ३६ जना घाइतेको प्रयागराज अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
कुम्भमा भएको भागदौडमा अहिलेसम्म ३० जनाको मृत्यु भएको र २५ जनाको पहिचान भएको डीआईजी वैभव कृष्णले भनेका छन् । यस घटनाको न्यायिक जाँच गर्ने र जाँचका लागि न्यायिक आयोग पनि गठन गर्ने भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल
-
ग्लोबल आइएमईबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
-
राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने
-
कपिलवस्तु ११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकपको उपाधि