मङ्गलबार, ०६ फागुन २०८१
ताजा लोकप्रिय

माओवादी संसदीय दलको बैठक आज

बिहीबार, १७ माघ २०८१, ०७ : ५५
बिहीबार, १७ माघ २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्ने भएको छ ।  बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । 

माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बैठक बोलाइएको पाण्डेले जानकारी दिए ।  ‘बिहीबारबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदै छ । पार्टीको तर्फबाट सदनमा खेल्नुपर्ने भूमिका, त्यसको तयारी, कानुन निर्माण लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो’, उनले भने । 

केपी ओली सरकारको ६ महिना असफल भएको माओवादीको निष्कर्ष रहेको छ । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको उल्टो बाटो हिँडेको, संसद् छलेर निरङ्कुश तरिकाले अध्यादेशबाट शासन गर्न खोजेको, जनजीविका, राष्ट्रिय एजेन्डाको विषयमा ध्यान नदिएको आरोप लगाउँदै आएको छ । 

प्रमुख प्रतिपक्ष दलको नेता समेत रहेका प्रचण्डले विपक्षी ७ दलको बैठक बोलाएर सरकारमाथि दबाब दिने रणनीति बनाएका छन् । पाँच बुँदे साझा धारणा बनाएका उनीहरूले सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने योजना बनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप