१२ बजे, १२ समाचार : अछाम घटनादेखि भ्रष्टाचारमा दोषी ठहर प्रतिवादीले थुना बाहिरै रहेर सर्वोच्चमा मुद्दा लड्न पाउने फैसलासम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. अछाम घटना
अछामको ढकारी गाउँपालिका-८, पल्साँताका १४ वर्षीय इशरा खड्का र १५ वर्षीय सरस्वती खड्काको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले हत्या नै भएको हुनसक्न आशंका गरेको छ । प्रहरीका अनुसार विभिन्न कोणबाट अनुसन्धान भइरहेको छ । अनुसन्धानका लागि काठमाडौँबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि बुधबार अछाम पुगेको छ ।
२. समाजवादी मोर्चाले प्रदर्शन गर्ने
समाजवादी युवा मोर्चाले माघ १८ गते काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । बुधबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै मोर्चाले माघ १८ गते दिउँसो १ बजे माइतीमण्डलादेखि नयाँ बानेश्वरसम्म भ्रष्टाचार, कालोबजारी र महँगीविरुद्ध तथा जनजीविकाका पक्षमा संयुक्त प्रदर्शनको आयोजना गर्ने भएको हो ।
३. गहुँ आयात
सरकारले दुई लाख मेट्रिक टन गहुँ आयातका लागि प्रक्रिया थालेको छ । भारत सरकारले तोकेको कोटा बापतको गहुँ आयातका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभाग, वाणिज्य विभाग र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई जिम्मा दिएको छ ।
४. राप्रपा विवाद
२०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई नेतृत्वमा स्थापित गर्ने अभियानमा सबैभन्दा अगाडि थिए, डा धवलशमशेर राणा । तीन राप्रपा (कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, पशुपति शमशेर राणाको राष्ट्रिय प्रजातन्त्र पार्टी र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी) एक भएपछि भएको यो पहिलो महाधिवेशन थियो । जहाँ अध्यक्षका बलिया उम्मेदवार मानिएका कमल थापालाई हराएर लिङ्देनलाई नेतृत्वमा ल्याउन राणाले नेतृत्वदायी भूमिका खेले ।
५. अमेरिकी सहयोग
प्रमुख विश्व शक्तिको रूपमा बेलायतलाई पछि पार्दै आफूलाई पहिलो श्रेणीमा उभ्याएसँगै अमेरिकामा विश्व राजनीतिको निर्णायक भूमिकामा छ । प्रत्येक संस्करणका अमेरिकी निर्वाचनले विश्व राजनीति र अर्थतन्त्रमा महत्त्वपूर्ण अर्थ राख्ने गर्छ ।
६. वैदेशिक रोजगार ऐन
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ लाई पहिलो पटक संशोधन गर्न लागेको छ । २०६४ सालमा ऐन बनेपछि पहिलोपटक नै व्यापक संशोधनको तयारी थालेको हो ।
७ .थुना बाहिर बसेर मुद्दा लड्न पाउने
सर्वोच्च अदातलको बृहत् पूर्ण इजलासले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएको प्रतिवादीले थुना बाहिरै रहेर सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने गरी फैसला गरेको छ ।
८. समाजवादीमा असन्तुष्टि
नेकपा ९एकीकृत समाजवादी०ले दुई भ्रातृ संगठनका अध्यक्षहरूलाई अन्तरपार्टी निर्देशन ९अपानि० बाटै जिम्मेवारीमुक्त गरेपछि उक्त पार्टीमा ओली प्रवृत्तिको चर्चा हुन थालेको छ ।
९. अखिल क्रान्तिकारी निर्वाचन
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ७१ मतको अग्रतासहित विजयी हुन् ।
१०. चरम श्रम शोषण
स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । न्यूनतम मासिक २५ हजार रुपैयाँ निर्वाह भत्ता तोकिएको भन्दै उनीहरूले काठमाडौँको माइतीघर मण्डलामा बुधबारदेखि धर्ना थालेका छन् । त्यस्तै देशभरका विभिन्न अस्पताल तथा शिक्षण संस्थामा कार्यरत आवासीय चिकित्सकहरू समेत आन्दोलित बनेका छन् ।
११. नेपाल प्रहरी विधेयक
नेपाल प्रहरीका सकलदर्जालाई उपचारमा थप सुविधा दिन प्रस्ताव गरिएको छ । सङ्घीय संसद् सचिवालयमा दर्ता भएको विधेयकमा सो प्रस्ताव गरिएको हो । विधेयकमा भनिएको छ,‘दुर्गममा बिरामी भएका प्रहरीलाई उपचारको सुविधा भएका ठाउँमा लैजाँदा र फर्काउँदा लाग्ने खर्च पाउने व्यवस्था गरिएको छ ।’
१२..महिला लिग
एन्फा महिला लिग फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ४-० ले पराजित गर्दै एपीएफले लिगको उपाधि जितेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महानगर यातायातमा नयाँ कार्यसमिति, अध्यक्षमा सन्तोष खतिवडा चयन
-
कुरान जलाउने व्यक्तिको गोली हानी हत्या
-
ग्रिन टीको सेवनले कम होला त मुटु रोगको जोखिम ?
-
विपक्षीको चेतावनीपछि बागमती प्रदेशसभामा विधेयक पेस नहुने
-
सामाजिक सञ्जालको नियमन गर्ने विधेयकप्रति प्रेस युनियन उपत्यका प्रदेश समितिको ध्यानाकर्षण
-
२५औँ संस्करण बुढासुब्बा गोल्डकपको तयारी पूरा