महामन्त्री शर्मा भन्छन्— सामाजिक सञ्जालसम्बन्धी विधेयक मानिँदैन

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले प्रतिनिधि सभामा दर्ता गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक कांग्रेसलाई स्वीकार्य नभएको बताएका छन् ।
महामन्त्री शर्माले यसअघिको सरकारले उक्त विधेयक ल्याउँदा कांग्रेसले विरोध गरेको भन्दै आफू कांग्रेसको प्रवक्ता छँदा बोकेको दृष्टि महामन्त्री हुँदा नबदलिने प्रस्ट पारेका छन् ।
बुधबार सामाजिक सञ्जालमा प्रवक्ता शर्माले भनेका छन्,‘प्रवक्ता छँदा बोकेको दृष्टि, महामन्त्री हुँदा बदलिन्न । प्रतिपक्षमा हुँदा उठाएको आवाज, सत्तामा हुँदा विलीन हुँदैन ।’
उनले अहिले पार्टीमा आफ्नो भूमिका बदलिएपनि महामन्त्री शर्माको सामाजिक सञ्जाल विधेयकबारे दृष्टिकोण नबदलिएको बताएका छन् । साथै उनले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने ढंगले प्रेस काउन्सिलजस्ता निकायले हेर्ने कुरालाई फौजदारी हिसाबले हेर्नेगरी विधेयकमा आउन नहुने बताएका छन् ।
‘ढुक्क रहोस् देश– दृष्टि बदलिन्नँ, विधेयक बदलिन्छ’, शर्माले थप भनेका छन्, ‘सामाजिक सञ्जाल मर्यादित बनाउन सत्ता–प्रतिपक्ष, अन्य दल, सरोकारवाला र नागरिकपंक्तिबिच गहन संवाद जरुरी छ । अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने हदसम्म विधेयक ठाडै अस्वीकार्य हिजो जसरी थियो, आज पनि त्यसरी नै अस्वीकार्य छ ।’
महामन्त्री शर्माले उक्त विधेयक निर्माण गर्दा सत्तारुढ दलको संयन्त्रसँग सल्लाह भएको भएपनि कांग्रेस पार्टीले नमान्ने बताए । ‘पार्टीका आदरणीय सभापतिसँग सहमति गरेर प्रधानमन्त्रीले गर्नुभएको छ भनेपनि महामन्त्रीले कांग्रेसको कार्यालयमा उभिएर भन्छ त्यो पनि मान्दैन ।’
सरकारले मंगलबार सामाजिक सञ्जाल नियमन गर्ने भन्दै संसदमा दर्ता गरेको विधेयकको सञ्चारसम्बद्ध संघ, संगठनहरुले चर्को विरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय