‘अखिल क्रान्तिकारीको प्रत्यक्ष प्रतिस्पर्धामार्फत नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष हो’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अखिल क्रान्तिकारीको प्रत्यक्ष प्रतिस्पर्धामार्फत नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष भएको बताएका छन् । अखिल क्रान्तिकारी मतगणना सकिएपछि बुधबार सामाजिक सञ्जालमा लेख्दै उनले विद्यार्थी संगठनको नेतृत्व नयाँ पुस्तामा लैजाने गरी ३२ वर्षे उमेरहदको निर्वाचनबाट नीतिगत रूपले नयाँ पुस्तामा आइसकेको उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्, ‘सोही नीतिका आधारमा प्रत्यक्ष प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व निर्वाचित हुनु माओवादी आन्दोलनका लागि उज्यालो पक्ष हो । यसको प्रकाशले पूर्ण लोकतन्त्रको पक्षधर माओवादी पार्टी र जनसंगठनहरुमा आन्तरिक लोकतन्त्रलाई सुदृढ गर्न निरन्तर प्रकाश छरिरहनेछ । यो ऐतिहासिक परिघटना एवं प्रतिस्पर्धामार्फत विजयी सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूमा हार्दिक बधाई तथा शैक्षिक क्षेत्रको सुधारको आन्दोलनमा सफलताको शुभकामना ।’
निर्वाचनका क्रममा केही शिक्षा पनि प्राप्त भएको उनले जनाएका छन् । ‘जसरी पनि जित्नुपर्छ भन्ने मानसिकतालाई अन्त गर्न प्रतिनिधिहरूलाई निर्देशित जनवादको सट्टा स्वविवेक प्रयोग गर्ने उनीहरूको अधिकारको सुनिश्चितता गर्न जरुरी छ । निर्वाचन प्रति नकारात्मक सोच बनाउनुको सट्टा स्वस्थ, स्वच्छ र निष्पक्ष रूपले प्रतिस्पर्धा गराउन सक्षम निर्वाचन आयोग सोही अनुरूपको सहजकर्ता, व्यवस्थापन, दबाब मुक्त रूपमा कार्य सम्पादन गर्ने वातावरण तयार पार्न ध्यान दिनुपर्छ,’ उनले भनेका छन्, ‘प्रतिस्पर्धामा उत्साह पूर्वक सहभागी निर्वाचन परिणामलाई सहज स्वीकार गर्ने सबै प्रत्याशीहरूको प्रशंसासहित हार्दिक धन्यवाद ।’
अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य, १६२ केन्द्रीय सदस्य र तीन केन्द्रीय निकायका पदाधिकारीका लागि माघ १२ गते निर्वाचन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुवाहक विमान र हेलिकप्टरबिच ठक्कर : दुर्घटनामा कोही पनि नबाँचेको जानकारी गराइयो
-
अनेरास्ववियु क्रान्तिकारीको निर्वाचन : नयाँ युगका लागि ‘ब्रेक थ्रु’
-
महानगर यातायातमा नयाँ कार्यसमिति, अध्यक्षमा सन्तोष खतिवडा चयन
-
कुरान जलाउने व्यक्तिको गोली हानी हत्या
-
ग्रिन टीको सेवनले कम होला त मुटु रोगको जोखिम ?
-
विपक्षीको चेतावनीपछि बागमती प्रदेशसभामा विधेयक पेस नहुने