बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : केपी पथमा माधव, आवासीय चिकित्सकमाथि श्रम शोषण

बुधबार, १६ माघ २०८१, २२ : ००
बुधबार, १६ माघ २०८१

काठमाडौँ । आज २०८१ माघ १६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’ प्रस्तुत गरेका छौँ–

  • गहुँ आयात

सरकारले दुई लाख मेट्रिक टन गहुँ आयातका लागि प्रक्रिया थालेको छ । भारत सरकारले तोकेको कोटा बापतको गहुँ आयातका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग विभाग, वाणिज्य विभाग र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई जिम्मा दिएको छ ।

  • राप्रपा विवाद

२०७८ मंसिरमा सम्पन्न महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई नेतृत्वमा स्थापित गर्ने अभियानमा सबैभन्दा अगाडि थिए, डा धवलशमशेर राणा । तीन राप्रपा (कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, पशुपति शमशेर राणाको राष्ट्रिय प्रजातन्त्र पार्टी र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी) एक भएपछि भएको यो पहिलो महाधिवेशन थियो । जहाँ अध्यक्षका बलिया उम्मेदवार मानिएका कमल थापालाई हराएर लिङ्देनलाई नेतृत्वमा ल्याउन राणाले नेतृत्वदायी भूमिका खेले ।

  • अमेरिकी सहयोग

 प्रमुख विश्व शक्तिको रूपमा बेलायतलाई पछि पार्दै आफूलाई पहिलो श्रेणीमा उभ्याएसँगै अमेरिकामा विश्व राजनीतिको निर्णायक भूमिकामा छ । प्रत्येक संस्करणका अमेरिकी निर्वाचनले विश्व राजनीति र अर्थतन्त्रमा महत्त्वपूर्ण अर्थ राख्ने गर्छ । 

  • वैदेशिक रोजगार ऐन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ लाई पहिलो पटक संशोधन गर्न लागेको छ । २०६४ सालमा ऐन बनेपछि पहिलोपटक नै व्यापक संशोधनको तयारी थालेको हो । 

  • थुना बाहिर बसेर मुद्दा लड्न पाउने 

सर्वोच्च अदातलको बृहत् पूर्ण इजलासले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएको प्रतिवादीले थुना बाहिरै रहेर सर्वोच्च अदालतमा मुद्दा लड्न पाउने गरी फैसला गरेको छ ।

  • समाजवादीमा असन्तुष्टि

नेकपा (एकीकृत समाजवादी)ले दुई भ्रातृ संगठनका अध्यक्षहरूलाई अन्तरपार्टी निर्देशन (अपानि) बाटै जिम्मेवारीमुक्त गरेपछि उक्त पार्टीमा ओली प्रवृत्तिको चर्चा हुन थालेको छ ।

  • अखिल क्रान्तिकारी निर्वाचन

अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न मतगणनामा सापकोटा ७१ मतको अग्रतासहित विजयी हुन् ।

  •  चरम श्रम शोषण

स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । न्यूनतम मासिक २५ हजार रुपैयाँ निर्वाह भत्ता तोकिएको भन्दै उनीहरूले काठमाडौँको माइतीघर मण्डलामा बुधबारदेखि धर्ना थालेका छन् । त्यस्तै देशभरका विभिन्न अस्पताल तथा शिक्षण संस्थामा कार्यरत आवासीय चिकित्सकहरू समेत आन्दोलित बनेका छन् ।

  • महिला लिग

एन्फा महिला लिग फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफले लिगको उपाधि जितेको हो ।

  • नेपाल प्रहरी विधेयक

 नेपाल प्रहरीका सकलदर्जालाई उपचारमा थप सुविधा दिन प्रस्ताव गरिएको छ । सङ्घीय संसद् सचिवालयमा दर्ता भएको विधेयकमा सो प्रस्ताव गरिएको हो । विधेयकमा भनिएको छ,‘दुर्गममा बिरामी भएका प्रहरीलाई उपचारको सुविधा भएका ठाउँमा लैजाँदा र फर्काउँदा लाग्ने खर्च पाउने व्यवस्था गरिएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप