सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काठमाडौँसहित विभिन्न स्थानमा ५ जना मृत फेला

बुधबार, १६ माघ २०८१, १९ : २७
बुधबार, १६ माघ २०८१

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । 

  • काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका-१३ थानेडाँडा सामुदायिक वनमा सोही नगरपालिका-२ माथिल्लो भङ्गाल बस्ने ४० वर्षीय पवन थापा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 
  • बर्दिया, ठाकुरबाबा नगरपालिका-४ खैलारस्थित बबई नदीको बिच टापुमा सोही नगरपालिका-१ भुरीगाउँ बस्ने २५ वर्षीया सुस्मिता थारू मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । 
  • जाजरकोट, नलगाड नगरपालिका-८ हलचौर बस्ने ३१ वर्षीय अमर बहादुर खत्री सोही ठाउँस्थित कुनी खोला भिरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 
  • दोलखा, बिगु गाउँपालिका-४ मलदुङ्ग डबली बस्ने ६५ वर्षीय तारा बहादुर वली आफ्नै घर नजिक नालीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 
  • इलाम, सूर्योदय नगरपालिका-७ सिस्ने बस्ने ३१ वर्षीय पुकार निरौला आफ्नै घर नजिक कुखुरा फर्ममा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप