एमालेका अध्यक्ष ओली कम्युनिस्ट नभएको वर्षमान पुनको टिप्पणी
बुधबार, १६ माघ २०८१, १८ : ५७
१

बुटवल । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिस्ट नभएको टिप्पणी गरेका छन् । बुधबार पाल्पामा माओवादी केन्द्र रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको उद्घाटन गर्दै उनले ओली कम्युनिस्ट नभएकै कारणले कम्युनिस्ट पाटीहरूसँग एकता गर्न नचाएको बताएका हुन् ।
उपमहासचिव पुनले ओलीले कम्युनिस्ट सरकार छोडेर गैरकम्युनिस्टको सरकार बनाउनु ठुलो गल्ती भएको बताए । ओली कम्युनिस्ट एकतालाई कमजोर बनाउने बाटोमा हिँडिरहेको उनको आरोप छ । उनले ओलीले स्वर्ग र नर्कको कुरा गरेर छक्काएर कांग्रेससँग गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सरकार परिवर्तनको कुरा हल्ला मात्र : परराष्ट्रमन्त्री राणा
-
असन्तुष्टिका आवाज सम्बोधन गर्ने कानुन बनाउन सबैको प्रतिबद्धता आवश्यक : सभामुख
-
सत्ता गठबन्धनबिच कुनै विवाद छैन : सभापति देउवा
-
संघीय संसद्को हिउँदे अधिवेशन सुरु
-
१३ वर्षमा दुई सय गोल गर्दै लेस्टर सिटीबाट बिदा हुँदैछन् प्रभावशाली खेलाडी जेमी भार्डी
-
दुर्घटनाग्रस्त भएपछि समुद्रमा खस्यो विमान