अमेरिका र क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भई काठमाडौँ टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय भुवन कार्की र काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ४२ वर्षीय नितेश पोखरेल रहेका छन् ।
पक्राउ मध्ये भुवनले अमेरिका पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १ करोड रुपैयाँ र नितेशले क्यानडा पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट १२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भुवनलाई काठमाडौँ महानगरपालिका-१२ बाट सोमबार र नितेशलाई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-३ बाट मंगलबार पक्राउ गरेको हो ।
भुवनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र नितेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख २ गते बोडेका २८ वर्षीय सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने
-
बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध बुटवल-नारायणगढ सडक सञ्चालन
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना