नेक्सजेन म्यानेजमेन्ट कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा सञ्चालन गर्ने
काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा सञ्चालन गर्ने भएको छ । मंगलबार अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा बसेको संचालक समितिको बैठकले २०८१ फाल्गुन १ गतेदेखि बैंक तथा वित्तीय संस्थाका ऋणीहरूलाई यस्तो सेवा प्रदान गर्ने निर्णय गरेको हो ।
नेपालका बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको समस्या डरलाग्दो रूपमा बढ्दै गइरहेको भन्दै नेक्सजेनले खराब कर्जालाई सम्बोधन गर्न कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैंकहरूले प्रवाह गरेको कर्जा असुल नहुने र ब्याजदर न्यून बिन्दुमा हुँदा पनि नयाँ कर्जा नजाने स्थितिले आर्थिक अवस्था भयावह हुने संकेत गरेको नेक्सजेनले जनाएको छ ।
समय हुँदै समस्या समाधानको लागि बैंक तथा वित्तीय संस्थाले विशेषज्ञहरूको सेवा लिन आवश्यक रहेको नेक्सजेनले उल्लेख गरेको छ । सोही सिलसिलामा नेक्सजेन म्यान्जमेन्ट एण्ड इक्विटी सोलुसन्सले बैंक वित्तीय संस्था र ऋणी बिचमा पुलको रूपमा काम गर्ने गरी परामर्श सेवा सञ्चालनको घोषणा गरेको हो । नेक्सजेन म्यानेजमेन्ट बैंक तथा वित्तीय संस्थाका पूर्व कार्यकारी प्रमुखहरूको संस्था हो । यो कम्पनीले सम्पत्ति व्यवस्थापन र व्यावसायिक परामर्शको कार्य गर्दै आइरहेको छ ।
नेवसजनका विशेषज्ञहरूले कर्जा प्रवाह पछि न्यूनतम शुल्कमा परामर्श सेवा दिई कर्जालाई खराब हुनबाट रोक्ने प्रयास गर्ने जनाएको छ । यसअन्तर्गत उद्योग व्यवसायले लिने कर्जा र बिक्री रकमको उचित प्रयोग लेखा प्रणाली र करको व्यवस्थापन, कस्टुमर रिलेशनसिप तथा बजार व्यवस्थापनमा परामर्श दिनेछन् ।
त्यसैगरी उधारो बिक्री र असुली व्यवस्थापन, फण्ड म्यानेजमेन्ट, बैक कर्जा भुक्तानी तथा नियमकिय व्यवस्था परिपालनको लागि आवश्यक पर्ने परामर्श नियमित रूपमा दिने योजना बनाइएको नेक्सजेनले जनाएको छ ।
यो कार्यक्रममा नेक्सजेन र बैंक तथा वित्तीय संस्थाबिच सम्झौता हुने र निश्चित तोकेको रकम भन्दा बढीको कर्जा प्रवाह हुँदा बैंकले नै न्यून सेवाशुल्क तोकेर नेक्सजेन र ऋणीलाई आवद्ध गराउने र नेक्सजेनले मासिक रूपमा उद्योगी व्यवसायीको सम्पर्कमा रही स्थलगत अवलोकन गरी आवश्यक परामर्श दिने कार्यक्रम रहेको छ । यस्तो परामर्श सेवा ऋणी आफैले सम्झौता गरेर पनि लिन सक्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ
-
टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा
-
आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग
-
सामाजिक सञ्जाल सञ्चालन र नियमनसम्बन्धी विधेयकका प्रावधानहरूमाथि रास्वपाको ध्यानाकर्षण
-
मेयर आले बुद्धिचाल च्याम्पियन
-
१० बजे १० समाचार : रविबारे प्रस्तावको विपक्षी दलमा अब्जेक्सन, विपिनबारे अफवाह भाइरल