शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

बुधबार, १६ माघ २०८१, १७ : ५३
बुधबार, १६ माघ २०८१

काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ ।

प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान प्रस्थान गरेका एमाले महासचिव शङ्कर पोखरेलले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको कार्यालय सचिव डा‍. भीष्म अधिकारीले जानकारी दिए । 

एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने सन्दर्भमा गएराति महासचिव पोखरेल जापान प्रस्थान गरेका हुन् । डा. अधिकारीका अनुसार नेपालको विकासमा प्रवासी नेपालीको योगदान विषयक अन्तरक्रिया कार्यक्रमसहित मञ्चले आयोजना गर्ने विभिन्न कार्यक्रममा महासचिव पोखरेल सहभागी हुनेछन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप