डीपसिकपछि यो चिनियाँ एआई एपको किन भइरहेको छ चर्चा ?

बेइजिङ । एआईको संसारमा अहिलेसम्म अमेरिकी कम्पनीको दबदबा थियो । तर यस क्षेत्रमा चीनको प्रवेशपछि अमेरिकी कम्पनीहरू त्रस्त बनेका छन् ।
एआईको क्षेत्रमा डीपसिक आर१को प्रवेशपछि अमेरिकी शेयर बजारमा प्रविधि कम्पनीहरूले एकै दिनमा खर्बौ डलर गुमाए । यतिबेला डीपसिक अमेरिकी कम्पनीको लागि ठुलो चुनौती बनेको छ ।
यस्तोमा चीनको अर्को एउटा एआई बजारमा प्रवेश गरेको छ । डीपसिक झैँ यो पनि तीव्र गतिमा पपुलर भइरहेको छ । डीपसीकबाट सुरु भएको चिनियाँ एआई युग अब किमी के१.५ मा प्रवेश गरेको छ । कयौँ मामिलामा यो ओपनएआईको जीपीटी–४० र क्लाउडे ३.५ सोनेटभन्दा पनि अगाडि छ ।
के हो किमी के१.५ ?
बेइजिङस्थित स्टार्टअफ मूनशट एआइएको पछिल्लो मोडल हो किमी के१.५ । यो प्लेटफर्मलाई हालै रिलिज गरिएको हो । तर रिलिज हुने बित्तिकै यसले ओपनएआईको ०१ लाई टक्कर दिइरहेको छ । जीपीटी–०१ कुनै पनि प्रश्नको जवाफ दिनु अघि यसमाथि विचार गर्ने गरी तयार गरिएको थियो । अर्थात् यसले पहिला प्रयोगकर्ताले सोधेको प्रश्नलाई बुझेर मात्रै त्यसको जवाफ दिन्छ ।
किमी के१.५ले पनि यस्तै गरी काम गर्छ । खबरका अनुसार यो प्लेटफर्म ०१ को दाँजोमा हिसाब, कोडिङ र अन्य मामिलामा पनि अगाडि छ । यो प्लेटफर्मले टेक्ष्टको साथमा फोटो र भिडियोसम्म बुझ्न सकिन्छ । त्यसैले पनि अहिले किमी के१.५ पनि अमेरिकी कम्पनीको टाउको दुखाइको विषय बनेको छ ।
यसमा के छ फरक ?
किमी के१.५ एआई मोडल मात्रै नभएको विश्वास गरिएको छ । यसलाई रिइन्फोर्समेन्ट लर्निङ र मल्टिमोडल रिजनिङका लागि पनि तयार पारिएको हो । भिजुअल डेटा, टेक्ष्ट र कोडलाई एक साथ मिलाएर यसले कठिन भन्दा कठिन समस्या पनि समाधान गर्न सक्छ । । बेञ्चमार्कको आधारमा यसले जीपीटी–४० र क्लाउडे सोनेट ३.५ लाई पनि पछाडि पार्छ । किमी के१.५ ले विभिन्न फ्म्र्याटर्ला प्रशोस गर्न सक्छ । पारम्परिक एआई मोडल स्टाटिस्टिक डेटासेटमा निर्भर छन् । तर किमी के१.५ले एक्सप्लोरेशन एवम् रिवार्ड्समाफत सिक्छ । यही प्रक्रियाका कारण यसले जटिल समस्याहरू पनि सहजै हल गर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बानेश्वर बहुमुखी क्याम्पस : अखिल क्रान्तिकारीबाट स्ववियु सभापतिको उम्मेदवारमा अधिकारी
-
निटफेस्ट तेस्रो संस्करणमा १२ देशका १७ नाटक
-
दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारी पूरा, 'प्रधानमन्त्रीसँग युवाहरू–प्रत्यक्ष संवाद' हुने
-
आरआरको स्ववियु सभापतिका उम्मेदवार समिर शाहीले उम्मेदवारी फिर्ता लिए, क्रान्तिकारीलाई राहत
-
निर्यातको सीमा संशोधनपछि सेजमा झुम्मिए उद्योगी
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’