‘एक्टर : टेक वान’को प्रदर्शन रोकिएपछि टिकटको पैसा फिर्ता
![‘एक्टर : टेक वान’को प्रदर्शन रोकिएपछि टिकटको पैसा फिर्ता](https://npcdn.ratopati.com/media/news/aktor_vkmp0UFW37.jpg)
काठमाडौं । सहिद दिवसको अवसर पारेर बुधबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टरः टेक वान’ प्रदर्शन हुन सकेन । प्रदर्शन रोक्न अदालतको आदेशपछि फिल्म रोकिएको हो ।
फिल्मको प्रदर्शन रोकिएसँगै अग्रिम टिकट बुकिङ गरेका दर्शकको पैसा समेत फिर्ता गरिएको छ । मल्टिप्लेक्स चेन क्यूएफएक्सले टिकटको पैसा फिर्ता गर्ने बताएको छ ।
‘जिल्ला अदालतले जारी गरेको अन्तरिम आदेशका कारण र सम्बन्धित निकायबाट थप स्पष्टता नआएको अवस्थामा हामी एक्टरः टेक वान’को बिहान शोहरू प्रदर्शन गर्न असमर्थ हुने जानकारी गराउँदछौँ’, क्यूएफएक्सले सूचनामा भनेको छ, ‘निर्धारित शोटाइमका लागि सबै टिकटहरू पूर्ण रूपमा फिर्ता गरिनेछ । आवश्यक स्पष्टता प्राप्त भएपछि हामी शोहरू पुनः सञ्चालन गर्नेछौँ ।’ कसरी पैसा फिर्ता गर्ने त्यो भने बताइएको छैन ।
‘एक्टर’ फिल्मले नाममा विवाद झिक्दै ‘एक्टर टे वान’ विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा हालेपनि अदालतले फिल्मको प्रदर्शन रोकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा
-
सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौता
-
हुलाकी सडकको काम तत्काल सुरु नगरे राजधानी केन्द्रित आन्दोलन गर्ने चेतावनी