पूर्वराजा ज्ञानेन्द्र गोरखपुर जाने, उत्तर प्रदेशका मुख्यमन्त्रीसँग भेटवार्ता हुने
बुधबार, १६ माघ २०८१, १६ : ५८
_hQaJ1bqL30.jpg)
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह बिहीबार भारतको गोरखपुर जाने भएका छन् । उनी गोरखनाथ मन्दिर पुगेर विशेष पूजा गर्ने जनाइएको छ ।
पूर्वराजा शाह हाल भैरहवामा छन् । बिहीबार भैरहवाबाट पूर्वराजा ज्ञानेन्द्र गोरखपुरतर्फ प्रस्थान गर्ने उनका संवाद सचिव फणीराज पाठकले रातोपाटीलाई बताए ।
पाठकका अनुसार गोरखपुर भ्रमणका क्रममा पूर्वराजा शाहले भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथसँगसमेत भेटवार्ता गर्नेछन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पूर्वराजा शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबिच भेटका लागि तयारी भइरहेको छ ।
गोरखनाथ मन्दिरमा पूर्वराजाले खिचडी चढाउने प्रचलन छ । सोही परम्परालाई निरन्तरता दिँदै पूर्वराजा शाह गोरखपुर जान लागेका हुन् । सोही अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ पनि गोरखनाथ आउने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा नेपाली ‘द्रौपदी’ छनोट
-
ज्यान मुद्दामा कैद सजाय ठहर भएका दम्पती २४ वर्षपछि पक्राउ
-
ललिता निवासमा अख्तियारको पुनरावेदन : सफाइ पाएका तीन मन्त्रीसहित यी हुन् प्रतिवादीहरू
-
सरकारलाई दिएको समर्थन कायमै राख्ने जसपा नेपालको निर्णय
-
कलाकार संघले घोषणा गर्यो पुरस्कार र सम्मान
-
मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह शुक्रबार, ३ हजार ८ सयभन्दा बढी दीक्षित हुने