चिनियाँ नयाँ वर्ष र खाना संस्कृतिको विशेषता
चिनियाँ नयाँ वर्ष, जसलाई ‘स्प्रिङ फेस्टिभल’ अर्थात् ‘वसन्त पर्व’ वा पनि भनिन्छ । यो चीनको सबैभन्दा ठुलो र महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । चिनियाँ नयाँ वर्षको उत्पत्ति कृषि चक्रसँग सम्बन्धित छ । प्राचीन चीनमा किसानहरूले वसन्तको आगमनलाई नयाँ खेतीको सुरुवातको संकेत मान्थे । यस पर्वमा परिवार पुनर्मिलन, धार्मिक अनुष्ठान, परम्परागत खेल र खाना संस्कृतिको विशेष महत्त्व हुन्छ ।
चिनियाँ नयाँ वर्ष करिब चार हजार वर्ष पुरानो परम्परा हो । यसलाई शुभारम्भको प्रतीक मानिन्छ, जहाँ पुरानो वर्षको बिदाइ र नयाँ वर्षको स्वागत गरिन्छ । यो पर्व केवल चीनमा मात्र नभई दक्षिणपूर्व एसियाका अन्य देशका साथै चिनियाँ समुदाय रहेका देशहरूमा पनि धुमधामका साथ मनाइन्छ ।
हरेक वर्ष जनवरीको चौथो सातादेखि फेब्रुअरीको दोस्रो साताभित्र वसन्त पर्व मनाइन्छ । १४ दिनसम्म मनाइने यो पर्व प्रगति र उत्साहको प्रतीक हो । ठुला मान्यजनबाट आशीर्वाद र दक्षिणा लिने, मिठो खाने, राम्रो रातो कपडा लगाउने भव्य पर्व नै वसन्त पर्व हो ।
- चिनियाँ नयाँ वर्ष
यो वर्ष हिजो (जनवरी २८ मा) नयाँ वर्षको साँझ अर्थात् ‘न्यु इएर इभ’ परेको थियो । परम्परागत रूपमा चिनियाँ मानिसले लगभग २३ दिनसम्म नयाँ वर्ष मनाउँथे । जसमा स्याउन्यान (नयाँ वर्ष अघिको चाड), नयाँ वर्ष र युयान स्याउ पर्व (मिठो बल अर्थात् ताङ युआन खाने चाड) पथ्र्याे । बिस्तारै स्याउन्यान चाड मनाउन छाडियो र नयाँ वर्षको पूर्वसन्ध्यादेखि युयान स्याउ पर्वसम्म १४ दिन मनाउन थालियो । अहिले सरकारले सात दिन मात्रै बिदा दिने हुँदा पारस्परिक भ्रमण र उपहार दिने कार्य सामान्यतया नयाँ वर्षको पूर्वसन्ध्यापछिको ६ दिनभित्र हुन्छ । नयाँ वर्षको तयारी प्रायः दुई साताअघि नै सुरु हुन्छ ।
नेपालमा जस्तै चीनमा पनि रातो रङको विशेष महत्त्व छ । यस पर्वमा चीनमा ढोकामा रातो ब्यानर, लालटिन र कागज काटिएका डिजाइन झुन्ड्याइन्छन् । यी सबै सजावटमा ‘शुभकामना’ तथा आशीवर्चन लेखिएका हुन्छन् । कागजको उत्पत्ति नै चीनबाट भएको हो ।
चिनियाँ नयाँ वर्ष परिवारसँग मनाउने पर्व हो । काम वा पेसा विशेषले घरबाहिर बसेका चिनियाँहरूले नयाँ वर्षमा सकेसम्म परिवारलाई भेट्ने कोसिस गर्छन् । विवाहिता छोरीहरू पनि आफ्ना आमाबुबालाई भेट्न माइत जाने गर्छन् । यो पर्व मनाउन विशेषतः आफन्त सबै आफ्ना हजुरबुवा–हजुरआमा भएको घरतिर जान्छन् । नयाँ वर्षको पहिलो साँझमा चिनियाँहरू परिवारमा जम्मा भई खाना खान्छन् । यो खानालाई ‘रेयुनिनल डिनर’ भन्ने गरिन्छ ।
चिनियाँ नयाँ वर्षको उत्पत्तिसँग ‘नियान’ नामको पौराणिक जनावरको कथा जोडिएको छ । भनिन्छ, नियानले वर्षको अन्त्यमा गाउँहरूमा आएर मानिस र पशुहरूलाई आक्रमण गथ्र्याे । यसबाट जोगिन रातो रङका कपडा, तेज आवाज (पटका पड्काउनु) र आगोको प्रयोग गरिन्थ्यो ।
मानिसहरू आफ्नो पुस्तैनी घर फर्कने यात्रालाई ‘छुन युन’ भनिन्छ । गत वर्ष १ अर्ब ३५ करोडले ‘छुन युन’ गरेका थिए ।
नयाँ वर्षको पहिलो दिन चिनियाँहरुले देवता र पितृलाई प्रार्थना गर्छन् र आशीर्वाद माग्छन् । ड्रागन र सिंह नृत्य यो सांस्कृतिक उत्सवको मुख्य आकर्षण हुन् । यो शुभकामना आदान–प्रदान गर्ने ज्यादै पुरानो परम्परा हो । यस्तै, यस अवसरमा आतसबाजी समेत गरिन्छ । होङ्बाओ (रातो खाम)मा राखेर बच्चाहरू वा अविवाहित युवालाई पैसा र आशीर्वाद दिने समेत चलन छ । यी परम्पराले खराब आत्माहरूलाई भगाउँछ भन्ने विश्वास गरिन्छ ।
- इतिहास
चिनियाँ नयाँ वर्षको उत्पत्तिसँग ‘नियान’ नामको पौराणिक जनावरको कथा जोडिएको छ । भनिन्छ, नियानले वर्षको अन्त्यमा गाउँहरूमा आएर मानिस र पशुहरूलाई आक्रमण गथ्र्याे । यसबाट जोगिन रातो रङका कपडा, तेज आवाज (पटका पड्काउनु) र आगोको प्रयोग गरिन्थ्यो । नियान डराएर भाग्थ्यो र यो परम्परा नयाँ वर्ष मनाउने मुख्य आधार बन्यो । नियान भागेको खुसियाली मनाउने परम्परा नै नयाँ वर्ष भयो ।
यो उत्सवको लेखाजोखा चीनको प्रथम शाङ राजवंश (ईसापूर्व १६००–१०४६) बाट सुरु भएको मानिन्छ । त्यो समय मानिसले आफ्ना देवता र पितृपूजाका लागि बलि चढाउने गर्थे । त्यसपछि चउ राजवंश (ईसापूर्व १०४६–२५६) मा यो परम्परा अझ संस्थागत भयो ।
मानिसले वसन्तको सुरुवातमा विभिन्न अनुष्ठान गरेर देवतालाई खुसी पार्ने प्रयास गर्थे । त्यतिबेलादेखिको यो परम्परा निरन्तर चलेको छ । हाल त यो विश्वव्यापी भइसकेको छ ।
चिनियाँ नयाँ वर्ष केवल एक धार्मिक वा पौराणिक उत्सव मात्र होइन, यसले चिनियाँ समाजलाई एकताबद्ध राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यस उत्सवले परिवार, संस्कार र प्रकृतिको सम्मानमा केन्द्रित चिनियाँ सभ्यताको गहिरो जरा झल्काउँछ । चिनियाँ नयाँ वर्ष आधुनिक युगमा पनि यति व्यापक रूपमा मनाइन्छ कि यसले सांस्कृतिक पहिचान र पारिवारिक सम्बन्धलाई सुदृढ गर्न योगदान पुर्याइरहेको छ ।
- खाना संस्कृति र नयाँ वर्ष
चिनियाँहरू खानाका निकै पारखी हुन्छन् । उनीहरूको संस्कृतिमै खानाको महत्त्व उल्लेख गरिएको हुन्छ । चिनियाँ खानाको परम्परा केवल स्वाद र पोषणसम्म सीमित छैन । यसले चिनियाँ समाजको सांस्कृतिक, धार्मिक र सामाजिक आयामलाई प्रतिविम्बित गर्छ । नयाँ वर्षको समयमा विशेष परिकार तयार गरिन्छ, जसले समृद्धि, लामो जीवन, स्वास्थ्य र परिवारको एकतालाई प्रतीकात्मक रूपमा व्यक्त गर्छ ।
चिनियाँ नयाँ वर्षका परम्परागत परिकारमै संस्कृति र सभ्यता पाइन्छ । जस्तै ः डम्पलिङ अर्थात् मःम । डम्पलिङ चिनियाँ नयाँ वर्षको सबैभन्दा लोकप्रिय परिकार हो । यसलाई धनको प्रतीक मानिन्छ, किनभने यसको आकार सुनका पुराना सिक्कासँग मिल्दोजुल्दो हुन्छ । परिवारका सबै सदस्य मिलेर परम्परागत रूपमा डम्पलिङ बनाउँछन् । यसको सांस्कृतिक मूल्य भनेको प्रगति र समृद्धि नै हो ।
यस पर्वमा नियान गायो (चामलको केक) पनि खाइन्छ, जुन समृद्धि र उन्नतिको प्रतीक हो । यो मिठो परिकार चिप्लो र स्वादिलो हुन्छ । यसै गरी नयाँ वर्षमा माछा अनिवार्य छ । माछा खाने परम्परा समृद्धिको प्रतीक हो ।
यस पर्वमा ‘स्प्रिङ रोल’ पनि खाने गरिन्छ । स्प्रिङ रोल सुनको सिक्कासँग मिल्दोजुल्दो देखिन्छ । यसलाई समृद्धिको प्रतीक मानिन्छ । यो परिकार प्रायः सानोतिनो नास्ताका रूपमा तयार गरिन्छ । यस पर्वमा नुडल्स पनि खाइन्छ । लामो नुडल्सलाई दीर्घायु र राम्रो स्वास्थ्यको प्रतीकका रूपमा लिइन्छ । यसलाई पकाउँदा तोड्नु हुँदैन, किनभने यसले लामो जीवनलाई दर्शाउँछ ।
यस्तै यस पर्वमा विशेष रुपमा ताङ युआन (मिठो बल) खाइन्छ । यो चामलको पिठोबाट बनेको परिकार हो । मिठो बल परिवारको एकताको प्रतीक हो । चीनमा हरियो ब्रोकाउली र चाइनिज गोभी आदिलाई स्वास्थ्यको प्रतीकका रुपमा मानिन्छ ।
चिनियाँ हरेक परिकारको नाम र आकारले केही न केही शुभ अर्थ दिन्छ । उदाहरणका लागि— गोलो परिकारले एकताको संकेत गर्छ भने लामो नुडल्सले दीर्घायुको । पकाउने विभिन्न शैली वा विधि (बाफमा पकाउने, फ्राई गर्ने आदि) प्रचलित छन् । यी विधिले पोषण र स्वादलाई सुरक्षित राख्छन् । चिनियाँ परिवारहरूले खाना तयार गर्दा सामूहिक सहभागितामा जोड दिन्छन् । यसले सम्बन्ध प्रगाढ बनाउने विश्वास गरिन्छ ।
धार्मिक, अध्यात्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक आदि क्षेत्रमा चिनियाँ खाना संस्कृतिको गहिरो प्रभाव परेको देखिन्छ । चिनियाँ खाना संस्कृति ताओवाद, बौद्ध धर्म र कन्फ्युसियसवादबाट प्रभावित छ । भोजन केवल भौतिक आवश्यकता पूरा गर्ने माध्यम होइन, यसलाई आध्यात्मिक सन्तुलनको प्रतीक मानिन्छ । चिनियाँ वसन्त पर्वलाई संयुक्त राष्ट्र संघले मान्यता दिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनको दिशामा छ : मुख्यमन्त्री तामाङ
-
टाइगर कप भलिबल : गण्डकी एलिमिनेटरमा
-
आशिका तामाङलाई तत्काल रिहा गर्न पूर्वमन्त्री श्रेष्ठको माग
-
सामाजिक सञ्जाल सञ्चालन र नियमनसम्बन्धी विधेयकका प्रावधानहरूमाथि रास्वपाको ध्यानाकर्षण
-
मेयर आले बुद्धिचाल च्याम्पियन
-
१० बजे १० समाचार : रविबारे प्रस्तावको विपक्षी दलमा अब्जेक्सन, विपिनबारे अफवाह भाइरल