शेख हसिनाको पालमा भएका असमान सन्धि–सम्झौताप्रति बंगलादेशको चासो
बुधबार, १६ माघ २०८१, १६ : ३९

ढाका । बंगलादेशले अपदस्थ प्रधानमन्त्री शेख हसीनाको पालामा भारतसँग भएका सबै असमान सन्धि–सम्झौताबारे छलफल चलाउने भएको छ । बंगलादेशको अन्तरिम सरकारका गृह मामिला सल्लाहकार सेवा निवृत्त लेफ्टिनेन्ट जनरल मोहम्मद जहाँगीर आलम चौधरीले बुधबार यस्तो बताएका हुन् ।
चौधरीका अनुसार अपदस्थ प्रधानमन्त्री शेख हसिनाको कार्यकालमा भारतसँग हस्ताक्षर गरिएका सबै ‘असमान सम्झौताहरू’बारे छलफल गरिनेछ ।
भारतको सीमा सुरक्षा बल र बंगलादेश सीमा गार्डका प्रमुखहरू बीचको बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै उनले सीमा क्षेत्रका भारतीय नागरिकहरूले लागूऔषध उत्पादन गर्ने र सीमापार तस्करी गर्ने गरेको आरोप लगाएको भन्दै ढाका ट्रिब्यून अखबारले समाचार पनि छापेको छ । सीमामा भारतीय सुरक्षाकर्मी, भारतीय नागरिक र अन्यद्वारा बंगलादेशी नागरिकको हत्या बढेको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेएनयू विद्यार्थी संघ चुनाव: अध्यक्ष सहित तीन पदमा वामपन्थी विजयी
-
क्यानडामा कारले ठक्कर दिँदा मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सिरी’ए : इन्टर मिलान हार्दा नापोली उक्लियो शीर्ष स्थानमा, उपाधिका लागि कडा टक्कर
-
किन गर्मीमा फ्रिजको चिसो पानी पिउनुहुँदैन ?
-
स्वास्थ्य उपकरण खरिदमा भ्रष्टाचार, तत्कालीन सचिव, निर्देशकलगायतविरुद्ध मुद्दा दायर
-
आज कति छ विदेशी मुद्राको खरिदविक्री दर ?