नेपालमै फ्लेवर गरिएको दूध, चेडार र गौडा चीज उत्पादन
![नेपालमै फ्लेवर गरिएको दूध, चेडार र गौडा चीज उत्पादन](https://npcdn.ratopati.com/media/news/dudh-bibidhikaran-(3)_WTItpVO7M0.jpg)
विराटनगर । कोशी प्रदेशमा स्विस सरकारद्वारा सञ्चालित नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)को दोस्रो चरणमा विजेता डेरी उद्योगबाट उत्पादन गरिएका दुग्धजन्य वस्तुको प्रदर्शन तथा स्वाद परीक्षण गरिएको छ ।
विराटनगरको बिग होटलमा मंगलबार साना प्याकेटमा लस्सी, फ्लेवर गरिएको दूध, चेडार र गौडा चीजजस्ता विविध डेरी उत्पादन राखिएको थियो भने ती वस्तुको स्वाद परीक्षण पनि गरिएको थियो ।
सो क्रममा सहज च्यालेन्ज फन्डको दोस्रो चरणका विजेता डेरी उद्योगहरूको विशेषता प्रदर्शन पनि गरिएको हो । यो परियोजनाले डेरी, अलैँची, तरकारी, र मकै गरी चार प्रमुख कृषि क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
नेपालका डेरी क्षेत्रहरूमा कोशी प्रदेश नेतृत्वदायी भूमिका रहेको छ । कोशी प्रदेशमा मात्र करिब १४ हजार ६९८ परिवार डेरी फार्मिङमा संलग्न छन् । जसले वार्षिक ५ लाखदेखि ६ लाख टन दूध उत्पादन गर्छन् । सहजले गरेको लगानी, जस्तै च्यालेन्ज फन्डले यी डेरी किसानहरूको आय र जीवनस्तर सुधार गर्दै आयातित डेरी उत्पादनहरूमा निर्भरता घटाएको सहजकी टिम लिटर रिमा श्रेष्ठले बताइन् ।
सहजमा १४६ आवेदकहरू मध्ये पाँच विजेताहरूलाई उद्योगका चुनौतीहरूको समाधान गर्न उनीहरूको प्रस्ताव र दृष्टिकोणको आधारमा छनौट गरिएको थियो । ती पाँच उद्योगबाट उत्पादित वस्तुको प्रदर्शन गरिएको श्रेष्ठले जानकारी दिइन् ।
दूधजन्य वस्तुको विविधिकरणमा संलग्न आधुनिक नेपाल डेरीका प्रबन्ध निर्देशक कृष्ण घिमिरेले सहजसँगको साझेदारीभन्दा पहिले कम्पनीले दैनिक ५ देखि ६ सय लिटर दूध प्रशोधन गरेको बताए । तर, अहिले तालिम लिएपछि, १ हजार ८ सय लिटरदेखि २ हजार लिटरसम्म दूधको प्रशोधन गरिरहेको जानकारी दिए ।
यस्तै विराटनगरको सूर्योदय डेरीका प्रबन्ध निर्देशक मनोज यादवले सहजको समर्थनले प्याकेजिङ साइजलाई ३ ग्रामदेखि १ किलोग्रामसम्म विविधतामा बदल्न सक्षम बनाएको बताए । पर्यटन क्षेत्रलाई लक्षित गर्दै नयाँ उत्पादन वैशाखमा सार्वजनिक गरिने उनले जानकारी दिए ।
यस्तै रितिका डेरी, च्यालेन्ज फन्डका विजेताहरू मध्ये एक हो । उक्त डेरीले पनि आफ्ना उत्पादनहरूलाई विविधीकरण गरेर ठुला बजारमा विक्री गर्न थालेको बताएको छ । कार्यक्रममा कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गामले कोशी क्षेत्रका किसानहरुलाई सहयोग गर्न सरकारको प्रतिबद्धता दोहोर्याउँदै कृषि क्षेत्रमा निजी क्षेत्रको लगानी बढाउने लक्ष्य राखेको बताए ।
डेरी उद्योग संघका प्रतिनिधि राजकुमार दाहालले च्यालेन्ज फन्ड पहलको प्रशंसा गरे । ‘यस किसिमको व्यवहारिक दृष्टिकोणले नवप्रवर्तन गर्न इच्छुकहरूलाई समर्थन गर्दछ, जसले केवल अनियमित रूपमा कोष वितरण गर्नुभन्दा धेरै प्रभावकारी छ,’ उनले भने ।
उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले भारतबाट डेरी उत्पादन आयातमा प्रतिबन्ध लगाएर डेरी उद्योगलाई सहयोग गर्ने सरकारको भूमिकालाई प्रशंसा गरे । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर सरदकुमार पाण्डेले डेरी उद्योगको सम्भावनाको महत्वलाई जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरण : प्रेमीको लगातार यातना सहन नसक्दा निम्तिएको घटना
-
भारतका लागि नेपाली राजदूत शर्माले पेस गरे ओहोदाको प्रमाणपत्र
-
बेलुन विस्फोटको २ दिनपछि पोखरा महानगरको आकस्मिक कार्यपालिका बैठक
-
केआईआईटी विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई परामर्श दिन दुई अधिकारी पठाइएका छौँ : प्रधानमन्त्री ओली
-
केआईआईटी विश्वविद्यालयमा भएको घटनाका विषयमा कूटनीतिक पहल भइरहेको छ : मन्त्री राणा
-
आन्तरिक गुटबन्दी अन्त्य भए २०८४ को निर्वाचनमा कांग्रेस–एमालेलाई परास्त गर्न सकिन्छ : पोखरेल