नेपाल स्टार्टअप सम्मेलनमा विदेशी कूटनीतिज्ञ सहभागी

काठमाडौँ । नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले पार्टी कार्यालय सानेपामा बुधबारदेखि सुरु गरेको स्टार्टअप तथा एसएमई सम्मेलनमा विदेशी कूटनीतिज्ञहरू पनि सहभागी भएका छन् ।
सम्मेलनमा नेपालका लागि इजरायली राजदूत सुमुलिक एरी बास, दक्षिण कोरियाका राजदूत पार्क ताइ योङ, इजिप्टका लागि नेपाली दूतावासका डिसिएम मोहम्मद कान्डिल, भारतीय दूतावासका कमर्स सेक्रेटरी सुमन शेखर र बेलायती दूतावासका राजनीतिक सल्लाहकार सुमित शर्माको सहभागिता रहेको थियो ।
सम्मेलनमा सहभागीले नेपालको ठुलो दल नेपाली कांग्रेसले स्टार्टअप प्रबद्र्धनका लागि गरेको प्रयासको प्रशंसा गरेका छन् । त्यसैगरी उनीहरुले पार्टी कार्यालय सानेपामा राखिएका विभिन्न स्टलहरुको अवलोकन गर्नुका साथै हस्तकला अनुपम भएको भन्दै प्रशंसा गरेका हुन् ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा विभिन्न नेपाली हस्तकला तथा घरेलु उत्पादनका सामग्रीहरू प्रदर्शन गरिएका छन् । सम्मेलन बिहीबार बेलुका समापन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय बैठक सम्पन्न
-
२७ टन बराबर राहत सामग्री लिएर नेपाली टोली म्यान्मार प्रस्थान
-
लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा आठ टोली
-
बझाङमा चट्याङ लागेर एक वृद्धाको मृत्यु, पहिरोले सडक अवरुद्ध
-
निर्माण व्यवसायीलाई राष्ट्र बैंकको राहत, बैंकको ब्याज भुक्तानीमा सहजीकरण
-
धोबीखोला करिडोर पीडितको प्रदर्शन