अखिल क्रान्तिकारीको महासचिवमा रोशन थापामगर विजयी

काठमाडौँ । अनेरास्ववियु(क्रान्तिकारी)को महासचिवमा रोशन थापामगर विजयी छन् ।
उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको अन्तिम नतिजा आएसँगै थापामगर ५९८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सञ्जय महतोले ४१० मत प्राप्त गरेका छन् ।
थापामगर अध्यक्षका उम्मेदवार हेमन्त राई प्यानलका हुन् । महतो अध्यक्षका अर्का उम्मेदवार विजयप्रकाश सापकोटा पक्षधरका हुन् । उनीहरूको मतान्तर १८८ रहेको छ ।
९ उपमहासचिवमध्ये ७ जना जनार्दन निकट विजयी
यस्तै ९ जना उपमहासचिवमा कोशीका विपिन पोखरेलले ८३१ मत ल्याएर विजयी भएका छन् । मधेशबाट गजेन्द्र यादवले ४०७ मत ल्याएर विजयी भएका छन् । बागमतीबाट निर्मला गौतमले ८०३ मत ल्याएर विजयी भएकी छिन् ।
यसैगरी गण्डकीबाट भगवान बास्तोलाले ७६९, लुम्बिनीबाट रेशम अधिकारीले ६२८, कर्णालीबाट प्रकाश अधिकारीले ६०४, सुदूरपश्चिमबाट रामचन्द्र भट्टले ३९९ मत ल्याएर जितेका छन् । उपत्यका विशेषबाट निरोज श्रेष्ठ र विश्वविद्यालयबाट जटिल कार्कीले ६४८ मत ल्याएर विजयी भएका छन् । निरोश श्रेष्ठ र विपिन पोखरेलबाहेक सबै हेमन्त राई पक्षका हुन् । हेमन्त राई प्यानल माओवादी केन्द्रका नेता जनार्दन शर्मा समर्थित हो l
१२ वटा सचिवमध्ये यसअघि शर्मा निकट वीरेन्द्र जिसी, समकृति पुन, अमर मण्डल, आस्र्टिक मोक्तान र युन्छोङहाङ मावो विजयी भएका थिए । कोषाध्यक्षमा फुलमाया राना खुशी विजयी भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टहरा भत्काएर सडक विस्तार
-
‘केको रिटायर्ड ? अन्तिम घडीसम्म कलाकारिता गर्ने हो’
-
पहलगाम हमला : न्यौपानेकाे शव घर आइपुग्यो, दाहसंस्कार गरिँदै
-
शशांकको घरमा चियापान, कांग्रेस नेताहरूको जमघट
-
प्रचण्ड र नारायणकाजी गोरखाको बारपाक जाने
-
भारतीय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की, सुरक्षाको माग