आलोकनगरमा समाजवादी मोर्चाको बैठक
बुधबार, १६ माघ २०८१, १५ : २२

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा विगतमा मोर्चाले गरेका काम कारबाही र भावी कार्यक्रमबारे छलफल भइरहेको बुझिएको छ ।
यसअघि नेकपाका नेता खड्गबहादुर विश्वकर्मा, माओवादी केन्द्रका देव गुरुङ, नेकपा एकीकृत समाजवादीका प्रमेश हमाल र नेसपाका गंगा श्रेष्ठ रहेको कार्यदललाई विगतको समीक्षा र भावी योजना बनाउन कार्यदेश दिइएको थियो ।
गत साउन १ गते १५ दिनको समयभित्र प्रतिवेदन बनाएर बुझाउन कार्यदललाई भनिएको थियो । तर उक्त समयसीमा पार भएको ६ महिना हुन लाग्दा पनि कार्यदलले प्रतिवेदन बुझाउन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनका नाममा हिंसा गर्ने जोसुकैलाई कारबाही हुन्छः मन्त्री गुरुङ
-
मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो
-
म्यानमार भूकम्पमा परी मृत्यु हुनेको संख्या १६ सय नाघ्यो
-
ताप्लेजुङमा ६ वर्षीया बालिकाको डुबेर मृत्यु
-
रामनवमीका दिन मासु पसल बन्द गर्ने उत्तरप्रदेश सरकारको निर्णय
-
गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह