शुक्रबार, ०२ फागुन २०८१
ताजा लोकप्रिय

सैफको छोरा इब्राहिमलाई करण जोहरले डेब्यु गराउँदैछन् ?

बुधबार, १६ माघ २०८१, १५ : १३
बुधबार, १६ माघ २०८१

नयाँ दिल्ली । बलिउड अभिनेता सैफ अली खान र अभिनेत्री अमृता सिंहका छोरा इब्राहिम अली खान छिट्टै बलिउडमा डेब्यू गर्दैछन् । पटौदी परिवारका कान्छा नवाबको डेब्यूबारे अहिले निकै चर्चा चलिरहेको छ । 

यसअघि इब्राहिमले ‘सरजमिन’बाट डेब्यू गर्ने हल्ला चलेको थियो । यो खबरमा करण जोहरले लाहछाप लगाइदिएका छन् । जोहरले फिल्मको नाम पुष्टि गरेका छैनन् । तर उनको डेब्यू आफ्नै ब्यानरमा बनेको  फिल्मबाट हुने चाहिँ भनेका छन् ।

करणले इब्राहिमको डेब्यूको पुष्टि गर्दै एउटा पोस्ट लेखेका छन् । पोस्टमा उनले खान परिवारप्रति आफ्नो माया दर्साएका छन् । पोस्टमा करणले सैफको परिवारसँगको आफ्नो सम्बन्ध ४० वर्ष पुरानो भएको बताए । आफू १२ वर्षको हुँदा पहिलो पटक सैफकी पूर्व पत्नी मृता सिंहलाई भेटेको उनले बताएका छन् ।

इब्राहिमका ड्यासिङ तस्बिरहरू सेयर गर्दै करणले लेखेका छन्, ‘मैले अमृतालाई त्यतिबेला भेटेको थिएँ जतिबेला म १२ वर्षको थिएँ । उहाँले मेरो बुबासँग धर्मा मुभिजको लागि ‘दुनियाँ’ फिल्ममा काम गर्नु भएको थियो । उहाँको त्यो ग्रेस, एनर्जी र क्यामराको अगाडि भाषामाथिको मान्ड मलाई अझै पनि याद छ ।’ पोस्टमा उनले भनेका छन् । अमृतासँगको पहिलो भेटबारे आफूलाई सबैभन्दा धेरै याद आएको अमृता र उनको हेयरस्टाइलिस्टसँगको चिनियाँ डिनर र जेम्स बन्डको फिल्म भएको पनि पोस्टमा करणले लेखेका छन् ।

पोस्टमा करणले सैफबारे पनि लेखेका छन् । दुई परिवारबीचको मित्रता आफ्नो पिढीदेखि बच्चाको पिँढीसम्म जारी रहेको  पनि उनले पोस्टमा उल्लेख गरेका छन् । पोस्टको अन्त्यमा उनले इब्राहिम अली खान पटौदीले अब दर्शकको मुटुमा मात्रै नभएर स्क्रिनमा पनि ठाउँ बनाउनेछन् भनेर लेखेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप