आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

एचपीभी खोप अभियानको सद‍्भावना दूतमा मनिषा कोइराला

बुधबार, १६ माघ २०८१, १५ : १३
बुधबार, १६ माघ २०८१

काठमाडौँ । पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप अभियानका लागि कलाकार मनिषा कोइराला सद‍्भावना दूत भएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच कोइरालालाई सद‍्भावना दूत बनाइएको हो । 

माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरि खोप अभियान सञ्चालन हुनेछ । माघ २२ गते पर्ने विश्व क्यान्सर दिवसको अवसरमा यो अभियान सुरु हुन लागेको हो ।

पाठेघरको मुखको क्यान्सरलाई जनस्वास्थ्य समस्याको रूपमा नरहने अवस्थामा पुर्याउन सरकारले सन् २०३० सम्म तीनवटा स्वास्थ्य सेवाको गन्तव्य निर्धारण गरेको छ । जसअनुसार १० देखि १४ वर्षसम्म उमेरका कम्तीमा ९० प्रतिशत किशोरीहरूलाई एचपीभी खोप दिने, ३० वर्षभन्दा माथिको उमेरका कम्तीमा १० प्रतिशत महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने र पाठेघरको मुखको क्यान्सर निदान भएका कम्तीमा १० प्रतिशत महिलाको उपचार गरिने छ । 

यो खोप अभियानको लक्षित संख्या १६ लाख ८८ हजार ७६८ जना किशोरी अनुमान गरिएको छ । यो अभियानको लागि १७ लाख ७० हजार ०२० मात्रा एचपीभी खोप प्राप्त भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप