ट्रम्पको आदेश पालना गर्दै गुगल, गल्फ अफ मेक्सिको अब गल्फ अफ अमेरिका

न्युयोर्क । गुगलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई पालना गर्दै चाँडै नै गल्फ अफ मेक्सिकोलाई गल्फ अफ अमेरिका नामकरण गर्ने भएको छ । यो परिवर्तन चाँडै नै गुगल म्यापमा लागु हुने भएको हो ।
सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै सरकारको आधिकारिक स्रोतमा गरिने नामहरूको परिवर्तनलाई लागु गर्ने यसअघिको अभ्यासलाई नै निरन्तरता दिइएको बताएको छ । सरकारी तथ्याङ्क राख्ने जियोग्राफिक नेम्स इन्फर्मेसन सिस्टममा यो परिवर्तन लागु भएपछि गुगलमा पनि त्यही अनुसार लागु गरिने कम्पनीले बताएको छ ।
गुगलले सबैभन्दा अग्लो चुचुरो माउन्ट मेकिन्लीको नाम पनि परिवर्तन गर्ने भएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले आलास्काको यस चुचुरोको नाम सन् २०१५ मा डेनालीमा परिवर्तन गरेका थिए ।
गुगलको घोषणापछि मेक्सिकोले भने यस निर्णयको मजाक उडाइरहेका छन् । मंगलबार मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबाउमले गुगलको कदमलाई बेवास्ता गर्दै यो केवल अमेरिकामा लागु हुने र आफ्नो देशले यसलाई नमान्ने स्पष्ट पारिन् ।
‘गल्फ अफ मेक्सिको गल्फ अफ मेक्सिको नै रहनेछ,’ उनले भनिन् । देशका आम मानिसहरूले पनि सामाजिक सञ्जालमा यस्तै प्रतिक्रियाहरू दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको रक्सौलबाट ८ जना नेपाली किशोरको उद्धार
-
सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’
-
बागमतीमा आयोजना बैङ्क सञ्चालनका लागि मन्त्रालयलाई अभिमुखीकरण तालिम
-
चुरे तराई जनसांगीतिक अभियानः चुरे फेदीमा नाच्दै, गाउँदै माओवादी
-
चिकित्सकको आन्दोलन : शुक्रबार आकस्मिक बाहेक सबै सेवा ठप्प पार्ने
-
रातोपाटीकर्मी तेजेन्द्र केसीलाई १ लाख नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार