मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

डिल्लीबजार कारागारबाट भागेका कैदी १४ वर्षपछि पक्राउ

बुधबार, १६ माघ २०८१, १४ : ४०
बुधबार, १६ माघ २०८१

काठमाडौँ । डिल्लीबजार कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेशलराज बुढाथोकी छन् ।

उनलाई गोंगबुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए । २०६७ साउनमा उनी डिल्लीबजार कारागारबाट भागेका हुन् । वैदेशिक रोजगार ठगी मुद्दामा अदालतले उनलाई ३ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप