सोमबार, २५ चैत २०८१
ताजा लोकप्रिय

गाजामा कन्डम बाँड्न पारित भएको ५ करोड डलर ट्रम्पले रोके

बुधबार, १६ माघ २०८१, १४ : ३७
बुधबार, १६ माघ २०८१

 वासिङ्टन डिसी । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनले गाजा पट्टीमा कन्डम वितरण कार्यक्रमका लागि ५ करोड डलर पारित गरेका थिए । तर डोनाल्ड ट्रम्प प्रशासनले यो निर्णयमा रोक लगाएको छ ।

 खर्बपति व्यापारी एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभाग (डज) र व्यवस्थापन तथा बजेट कार्यालय (ओएमबी)ले रेकर्डहरू खोजेपछि बाइडेन प्रशासनले कन्डम वितरण गर्न यति ठुलो रकम खर्च गरेको पत्ता लगाएको ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बताएकी छिन् । 

यो रकममध्ये ३ करोड ७० लाख डलर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई जाँदै थियो भनेर लिभिटले भनेकी छिन् ।

गाजामा ५ करोड डलरको कन्डम वितरणलाई करदाताहरूको पैसाको बर्बादी भनिएको छ  । गाजामा हमासले कन्डमलाई हतियारको रूपमा प्रयोग गरिरहेको खबरहरू आइरहेका थिए । 

यी कन्डमहरूमा बेलुनमा जस्तै हावा भरेर इजरायलतिर छोडिने गरिएको बताइएको छ । ह्वाइट हाउसको यो बयान पछि मस्कले म्याग्नमको कन्डम मात्रै किन अर्डर गरिएको हो मलाई कसैले सम्झाइदेओ न भनेका थिए । म्याग्नम एक्स्ट्रा लार्ज कन्डम बेच्ने कम्पनी हो । बाइडेन सरकारमा अधिकारी रहेका एक व्यक्तिले भने यी रिपोर्ट अस्वीकार गरेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप