फेसियल वा क्लिनअप : अनुहारका लागि कुन राम्रो हो ?

काठमाडौँ । हाम्रो जिन्दगी निकै दौडधुपपूर्ण बनेको छ । हरेक दिन जस्तो हाम्रो छालाले घाम, प्रदूषण र धुलो आदिसँग जुधिरहेको हुन्छ । यस्तो अवस्थामा छालाको हेरचाह चुनौतीपूर्ण हुन्छ ।
हरेक दिन घरबाहिर निस्कँदा छाला यति ‘डल’ बन्छ कि चाडपर्व वा बिहे जस्ता केही विशेष अवसरमा छालामा तुरुन्तै चमक ल्याउनै चुनौतीपूर्ण हुन जान्छ । यसका लागि महिलाहरू पार्लरमा गएर क्लिन्जिङ गर्ने र फेसियल गर्ने गर्छौ । यी दुवै ट्रिटमेन्ट छालाको चमकको लागि धेरै प्रभावकारी छन् । तर कहिलेकाहीँ आफ्नो छालाका लागि क्लिन्जिङ वा फेसियल कुन बढी प्रभावकारी हुन्छ ? भन्ने प्रश्न तपाईंको मनमा उठ्न सक्छ ।
के हो क्लिनअप ?
छालाको सफाइका लागि क्लिन अप गरिन्छ । यस प्रक्रिया मार्फत, छालामा रहेको धुलो, मृत कोशिका र ब्ल्याकहेड्स जस्ता फोहोर हटाइन्छ । दैनिक जीवनमा आफ्नो छालाको हेरचाहमा ध्यान दिन नसक्ने र बाहिरी प्रदूषणका कारण छाला धेरै डल भएकाहरूले यो प्रक्रिया अपनाउँछन् । महिनामा एक पटक गक्लिन अप गर्दा यसले राम्रो परिणाम दिन्छ ।
फाइदाहरू:
–क्लिनअपले अनुहारमा रहेको चिल्लो हटाउँछ र छाला चम्किलो देखिन्छ ।
–क्लिनअपले अनुहारलाई गहिरो गरी सफा गर्छ । अनुहारमा रहेका ब्ल्याकहेड्स, ह्वाइटहेड्स र फोहोर हटाउन यो धेरै उपयोगी छ ।
फेसियल
फेसियल क्लिनअप भन्दा अलि लामो प्रक्रिया हो । यसले छालालाई इन्सट्यान्ट ग्लो दिन्छ । यसले छालालाई पोषण दिन्छ अनि मोइस्चराइज गर्छ । यसमा छालाको सरसफाइको साथमा मसाज र विशेष प्याकहरू पनि प्रयोग गरिन्छ । सामान्यतयाः प्रत्येक चार देखि छ हप्तामा एक पटक यो गर्नु लाभदायक बताइन्छ ।
फाइदाहरू:
तत्काल चमक दिन्छ
फेसियलले अनुहारलाई गहिरो गरी सफा गर्छ । त्यसैले यसले अनुहारलाई तत्कालै चम्किलो बनाउँछ ।
रक्तसञ्चार सुधार गर्छ
फेसियल लामो प्रक्रिया हो, त्यसैले यसले शरीर र अनुहारको रक्तसञ्चारमा सुधार ल्याउँछ । यसले छालामा प्राकृतिक चमक पनि दिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजसंस्था फर्काउँछु भन्नु र देहत्याग गरेका हजुरबालाई फर्काउँछु भन्नु उस्तै हो'
-
महिला तथा बालबालिकाका नाममा संघसंस्थाले लगे १ अर्ब २२ करोड
-
तौल घटाउन दही खाने कि मोही ?
-
योगी आदित्यनाथ बन्लान् नरेन्द्र मोदीको उत्तराधिकारी ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बाढीले क्षतिग्रस्त सडकको ठेक्का खुल्यो, पुलको किन खुलाइएन ?