नेपाल प्रहरी विधेयक
केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्न प्रस्ताव
बुधबार, १६ माघ २०८१, १४ : २६
_0aaSGgTS2Q.jpg)
काठमाडौँ । नेपाल प्रहरीमा केन्द्रीय अपराध अभिलेखालय स्थापना गर्न प्रस्ताव गरिएको छ । संसद्मा दर्ता भएको प्रहरी विधेयकमा अभिलेखालय स्थापना गर्न प्रस्ताव गरिएको हो ।
नेपाल सरकार बादी भएका मुद्दासँग सम्बन्धित फौजदारी अपराधसँग सम्बन्धित फैसलाको अभिलेख केन्द्रीय अभिलेखालयमा रहनेछ । अनुसन्धान र अभियोजन गर्ने सबै निकायले कुनै पनि अपराध सम्बन्धी मुद्दामा अन्तिम फैसला भएपछि सो फैसलाको एकप्रति अभिलेखालयमा पठाउनुपर्ने छ ।
अभिलेखालय स्थापना गरेपछि अपराध नियन्त्रण र रोकथाम गर्न आवश्यक रणनीति तय गर्न सहज हुने विधेयकमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय
-
डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
-
एलओडीलाई अन्तर्राष्ट्रिय बजारमा लैजाने योजना छ – निर्देशक कुँवर