सोमबार, ०१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ गतेदेखि

बुधबार, १६ माघ २०८१, १४ : ०१
बुधबार, १६ माघ २०८१

काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण फागुन ११ गतेदेखि काठमाडौँमा सुरु हुने भएको छ । 

राष्ट्रिय युवा संघले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना हुने जानकारी दिएको हो ।

प्रतियोगितामा ए डिभिजन, विदेशीसहित १० टोलीको सहभागिता रहने युवा संघले जनाएको छ । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११, दोस्रो टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने युवा संघका अध्यक्ष क्षितिज थेवेले जानकारी दिए । 

प्रतियोगिताको क्वाटरफाईनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तथा सेमिफाइनल र फाइनल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने उनले बताए ।  फुटबल जगतलाई ऊर्जा दिनका लागि निरन्तर रूपमा केपी ओली कप फुटबल आयोजना गरिरहेको अध्यक्ष थेवेले जानकारी दिए । 

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता, उत्कृष्ट उदीयमान खेलाडीले समान रु ५० हजार रुपैयाँ प्राप्त गर्ने युवा संघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप